प्रदेश नम्बर-१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

३० कात्तिक ७८, बुधबार

१ मंसिर, काठमाडौं ।

Advertisement

नेपाल बन्दका कारण हिजो विश्वासको मत लिन नपाएका प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन्।

त्यसका लागि प्रदेशसभा बैठक बिहान ११ बजे बोलाइएको छ। राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए।

Advertisement

हिजो नेपाल बन्दका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपस्थित हुन नसक्ने बताएपछि बैठक स्थगित गरिएको थियो।

पाँच दलीय गठबन्धनमा ५० सांसद रहेकाले मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्ने सम्भावना धेरै छ।

Advertisement

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा विश्वासको मत पाउन ४६ सांसद आवश्यक हुन्छ। उनी पाँच दलीय गठबन्धनको समर्थनमा यहि कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top