Nepal Times
Nepal Times
3
Shares

वैदेशिक लगानी बढ्दा शोधनान्तर घाटामा सुधार

वैदेशिक लगानी बढ्दा शोधनान्तर घाटामा सुधार

१ मंसिर, काठमाडौं ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा शोधनान्तर घाटा ७५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। शोधनान्तर घाटा अघिल्लो महिनाको तुलनामा केही घटेको छ।

पहिलो दुई महिनामा ८३ अर्ब ४१ करोड पुगिसकेको शोधनान्तर घाटा तेस्रो महिनामा आइपुग्दा प्रत्यक्ष वैदेशिक लगानीमासुधार हुँदा सुधार आएको हो।

नेपालमा सोचे अनुरुप रेमिट्यान्स भित्रन नसक्दा पनि करिब पौने खर्बको शोधनान्तर घाटा रहेको हो। तीन महिनामा नेपालले ६५ अर्ब ५ करोडको सामान निर्यात गरेर ४ खर्ब ७८ अर्ब ५२ करोडको सामान आयात गरेको छ।

तीन महिनाको व्यापार घाटा ४ खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ छ। शोधनान्तर घाटाले नेपाल भित्रिने रकमभन्दा नेपालबाहिर जाने रकम बढी रहेको जनाउ दिन्छ।

तीन महिनामा नेपालमा खुद प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गत ५ अर्ब ७ करोड रकम नेपाल भित्रिएको छ। वैदेशिक लगानी भने करिब ७५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।

चालु आवको पहिलो तीन महिनामा चालु खाता घाटा १ अर्ब २८ करोड घाटामा रहेको छ जुन अघिल्लो वर्ष सोही अवधिमा ३३ अर्ब ३८ करोड रुपैयाँले बचतमा थियो।

तीन महिनामा नेपालको कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ९८ करोड कायम भएको छ। नेपालको आयात बढ्दै जाँदा विदेशी विनिमय सञ्चित घट्दै गएको हो।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.