स्वास्थ्य र शिक्षा क्षेत्रबाट नोबेलले तिर्यो सबैभन्दा बढी कर

३० कात्तिक ७८, बुधबार

१ मंसिर, काठमाडौं।

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मूलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ । नोबेल आर्थिक बर्ष २०७६÷०७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेकाे हाे ।

१० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहकाबीच आन्तरिक राजश्व विभागले नोबेललाई सम्मान गरेको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिब मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद उपाध्यायलाई माला र खादा लगाएर सम्मानपत्र प्रदान गरे। कार्यक्रममा अन्य क्षेत्रका उत्कृष्ट करदाताहरुलाई पनि सम्मानित गरियो ।

योसँगै नोबेल दुई पटक मूलुकको उत्कृष्ट करदाता बनेको छ । यसअघि आर्थिक बर्ष २०७३÷०७४ मा पनि स्वास्थ्य तथा शिक्षा क्षेत्रबाट मूलुककै सबैभन्दा बढी आयकर तिरेर नोबेल सातौं कर दिवसमा पुरस्कृत भएको थियो ।

नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले यो पटक पनि राज्यलाई बढी कर तिर्न सफल भएकोमा खुशी व्यक्त गरे । २०६१ सालमा विराटनगरको कञ्चनवारीमा स्थापना भएको नोबेल मेडिकल कलेज गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका क्षेत्रमा अब्बल मानिन्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top