प्रधानन्यायाधीशको सिट खालि भइसक्याे: शम्भु थापा

३० कात्तिक ७८, बुधबार

१ मंसिर, काठमाडाैँ ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका छन् । बुधवार नेपाल बार एसोसिएसनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएसनको प्रांगणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खालि भइसकेको बताएका हुन् ।

उनले नयाँ प्रधानन्यायाधीश नियुक्ती गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तीको लागि आन्दोलन गरेको बताए । उनले भने – ‘आज प्रधानन्यायाधीशको सिट खालि छ । प्रधानन्यायाधीशको सिट खालि भइसकेको छ । कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने, यो सरकार र संविधान चलाउने, सरकार र प्रमुख प्रतिपक्षी दलको जिम्मा हो । तपाई र मैले खालि गरिसक्यौ , कसरी खालि ग¥यौँ, खालि भइसक्यो । खालि अर्को मनोनयन गरेका छैनन् । तपाई र मैले अर्को मनोनयनका लागि कराइराख्नु परेको छ । राम्रो प्रधानन्यायाधीश मनोनयन गर भनेर हामीले भनिराख्नु परेको छ ।’

वरिष्ठ अधिवक्ता थापाले कानुन व्यवसायीहरुको उपस्थिति बिना न्यायालय चल्न नसक्ने बताए । केही न्यायाधीशहरु इजलाश बस्न लागेको तर्फ इंकित गर्दै उहाँले न्यायाधीशहरुले मात्रै अदालत चलाउन नसक्ने बताए। प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले आन्दोलन गरिरहेको बखत इजलाशमा बस्ने न्यायाधीश दुषित भएको टिप्पणी उनले गरे। उनले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको हो कि होइन सोध्नका लागि न्यायाधीशहरुलाई आग्रह पनि गरे । उनले भने – ‘नेपाल बारले प्रधानन्यायाधीश भ्रष्टाचारमा डुबेका छन्, डुबेको मात्रै होइन बान्ता भयो । त्यो बान्ता भएको कुरा यहाँ बोलिराख्या छौँ हामीले । यो लुकेको कुरा भएन । यो कुरा हामीले अगाडी राखि रहँदाखेरी तपाईहरु चार जना वा पाँचजना हुनुहुन्छ एउटै प्रश्न सोधिदिनुस्, प्रधानन्यायाधीसज्यू तपाईले घुस खानु भएको छ कि छैन ? यत्ति सोधिदिनुस् । आज फुलकोर्ट बस्ने कुरा छ, तपाईलाई त भ्रष्टाचार गर्नुभयो, घुस खानु भो भन्या छ सोधिदिनुस् न एकचोटी । उहाँले खानु भो भन्नुहुन्छ कि खानुभएन भन्नुहुन्छ । खानुभएन भन्नुभए बोलाउनुस् । पहिलो जो इजलाशमा बस्छु भन्नुहुन्छ उहाँले तोकेर यदी घुस खाएको प्रधानन्यायाधीशको इजलाशमा बस्नुहुन्छ भने तपाई दुषित हो । फेरी सेटिङको कुरा आउँछ, हतार नगर्नुहोला ।’

उनले आफुहरु भ्रष्टाचारीको पछि लागेर बहस नगर्ने स्पष्ट पारे। वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्ने बताए । उनले भने – ‘संसदमा एउटा कागज दर्ता गर्नुपर्छ । त्यो ऐतिहासिक हुन्छ । भ्रष्टाचार गरेका कुरासहित दर्ता गर्नुपर्छ । भ्रष्टाचार गरेको कागजसहित दर्ता गर्नुपर्छ । संसदमा पुरा पोइन्टसहित बुलेटमा, यिनका घरजग्गासहित ।’

उनले आफुहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दैगर्दा अन्य न्यायाधीशको पनि राजीनामा माग्ने र कानुन व्यवसायीहरुलाई समेत आरोप लगाइएको भन्दै अर्को प्रधानन्यायाधीश नियुक्त भएसँगै कानुन व्यवसायीहरुले भ्रष्टाचार गरे नगरेको सम्बन्धमा छानविन गर्न चुनौती दिए । उनले सिरकभित्र टाउको नलुकाई बारको आन्दोलनमा ऐक्यवद्धता जनाउन पनि सम्पूर्ण कानुन व्यवसायीहरुलाई आग्रह गरे । उनले भने – ‘हामीले भनेका छौँ त अर्को प्रधानन्यायाधीश आउने, अर्को प्रधानन्यायाधीशले को – को वकिल भ्रष्टाचार गर्नेछ, को को न्यायाधीश भ्रष्टाचार गर्नेछ, को को अयोग्य छ खोज । त्यो भित्र अध्यक्ष पर्छ कि पूर्व अध्यक्ष पर्छ कि, वर्तमान अध्यक्ष पर्छ कि त्यसकारण त्यो सुतुरमुर्गजस्तो केही कानुन व्यवसायीहरु यस्तो आन्दोलन चलेको बेलामा म सुरक्षित छु भनेर टाउको सिरकभित्र लुकाएर नबस्नुस् । लज्जावति झार जस्तो नबस्नु । आन्दोलन चलाउँदै गर्दा कहिलेकाहीँ गलगाँडहरु सडकमा आउँछन् एकहजार लिएर । घरी लेख्छन् । तिनीहरुलाई आफ्नो प्रकारको मुद्दाको चिन्ता छ । हामीलाई चिन्ता छैन । गलगाँडहरुलाई मेरो उत्तर छ, मुल गाँडको अप्रेसन यसपाली गर्नैपर्छ । त्यो गरिसकेपछि अनि भन्छ त्यसले यहाँ–यहाँ छ है ।’

वरिष्ट अधिवक्ता थापाले नेपाल बार एसोसिएसनलाई नसोधिकन प्रधानन्यायाधीशले नियुक्त गर्ने कुनैपनि नियुक्ति नगर्न न्याय परिषद्का सदस्यहरुलाई खबरदारी गरे । यदी बारको सहमतीबिना नियुक्ती गरेमा न्याय परिषद्बाट फिर्ता बोलाउने अधिकार पनि बार सँग रहेको बताए । उनले भने – ‘खबरदार बारलाई नसोधिकन एउटा नियुक्ति गर्नुहोला र सही गर्नुहोला । तपाईलाई जसरी भोट मागेर पठाइएको छ त्यसरी नै बोलाउने अधिकार छ । तपाईले नेपाल बार सँग छलफल नगरीकन, हिजो विज्ञप्ती निकालेको छ कुनै नियुक्ति नहोस् भनेर, सिनियर न्यायाधीश दिपककुमार कार्कीलाई पनि हाम्रो अनुरोध छ ।’

उनले राजनीतिक दलहरुले न्यायालय सामाजिकीकरण गर्ने कि भ्रष्टाचारको पक्षमा हुने स्पष्ट पार्नुपर्ने बताए । न्यायालयको समस्या समाधान गर्ने कि पैसामा न्याय किनिने पक्षमा राजनीतिक दलहरु हो भनि उनले प्रश्न गरे । उनले भने– ‘राजनीतिक दलहरुलाई मेरो के निवेदन छ भने यसपालीको न्यायालय सामाजिकीकरण गर्ने कि नगर्ने, तपाईहरु भ्रष्टाचारको पक्षमा हो कि सामाजिकरणको पक्षमा हो, सामाजिकीकरण भनेको यहाँका सबै समस्याहरुको समाधान गर्नको लागि हो कि तपाईहरु पैसाबाट न्याय किनिन्छ भन्नका लागि हो ।’

नेपाल बार एसोसिएसनले आज (बुधवार) पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । बारले सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराभने बैकल्पिक गेटबाट सर्वोच्च अदालत परिसर प्रवेश गरेका थिए । प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको बारले प्रधानन्यायाधीशको राजिनामा नआउञ्जेलसम्म आन्दोलनलाई अझ सशक्त र देशभर फैलाएर लैजाने बताएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top