×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाउँछाैँ: अर्थमन्त्री शर्मा

१ मंसिर २०७८

१ मंसिर, काठमाडाैँ ।

अर्थमन्त्री जनार्दन शर्माले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउन सरकार लागि परेको बताएका छन् । १० औँ राष्ट्रिय कर दिवसको अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल कर प्रणालीलाई थप व्यवस्थित बनाएर व्यवसायी मैत्री कर प्रणाली बनाउन सरकार लागि परेको बताएका हुन् ।

Advertisement
Advertisement

अर्थमन्त्री शर्माले डिजिटल प्रणालीलाई व्यवस्थित रुपमा पूर्ण लागू गर्नको लागि सरकार मात्र नभई करदाता र कर प्रशासन समेतले त्यसको व्यवस्था गर्नुपर्ने बताए । उनले त्यसको लागि आवश्यकता अनुसारको दक्ष जनशक्ति र प्रविधिको विकाससमेत अझ बढाउँदै जानु पर्ने बताए। मन्त्री शर्माले भने, ‘यसको लागि करदाताले पनि आफ्नो व्यवसायलाई नयाँ प्रविधि भित्र राख्नुपर्छ तर, अहिले सरकारले लागू गरेको डिजिटल प्रणालीअनुसार व्यवसाय सञ्चालनमा आएका छैनन् । अहिले न्यूरोड,ठमेल लगायतका बजारमा कुनै पसलमा कम्प्युटर देखिँदैनन् तर, त्यहाँ व्यापार व्यवसाय भइरहेको छ ।’

मन्त्री शर्माले कम्प्युटर बिना व्यापार गरिरहेको पसलहरुमा गएर हस्तक्षप तथा नियन्त्रण गर्न नमिल्ने बताए । उनले कर दबाव नभई आवश्यकता भएको बताए । अर्थमन्त्री शर्माले कर विवादको अवस्थाबारे विवरण सार्वजनिक गर्न राजस्वका अधिकारीहरुलाई निर्देशन पनि दिए। कर विवादको अवस्था गुपचुप राख्ने विषय राम्रो नभएको बताउँदै उनले विवादित कर विवरण सार्वजनिक गर्न निर्देशन दिए । मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कार दिने व्यवस्था अघि बढाउन पनि निर्देशन दिए।

अर्थमन्त्री शर्माले भने ‘प्रशासकीय पुनरावलोकन गएका मुद्दा कति छन् सार्वजनिक गर्नुस्, आजै गर्नुस्, गुपचुप राखेर जनताले अवस्था थाहा पाउँदैन, म विज्ञ होइन तर मेरो विचारमा कर तिर्ने व्यवसायी होइन जनता हो, उनीहरुलाई थाहा दिनुपर्छ ।’

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले सरकारले व्यवसायीलाई कर कार्यालयसम्म जानु नपर्ने गरी सबै कर प्रणलाीलाई व्यवसायी मैत्री कर प्रणाली निर्माण गर्न लागेको बताए । उनले कर प्रणालीमा सुधार गर्ने काम सबैको भएकोले यसमा सरोकारवाला निकाय र आम नागरिकहरुले पनि सहयोग गर्नुपर्ने बताए ।

Advertisement

सचिव मरासिनीले भने , ‘करदाता, कर प्रशासन मिलेर प्रणालीमा सुधार ल्याउनु पर्छ, यसरी हामीले प्रणालीमा सुधार गर्ने हो, प्रणालीको सुधार र विकास गर्ने काम हामी सबैको नै हो, हामी निजी क्षेत्रको समेत सुझावअनुसार अगाडी बढ्न तयार छौँ ।’ सचिव शर्माले कर तिर्नको लागि कुनै विवाद गरिरहनु नपर्ने भन्दै हरेक सेवा, सुविधा र सुरक्षाका लागि सबैले कर तिर्नु पर्ने बताए।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top