×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देउवा गिरिजा भन्दा पनि क्रूर

२ मंसिर २०७८

 काठमाडौं : आफ्नै पार्टीभित्र न्याय माग्दै केन्द्रीय कार्यालय सानेपामा अनशन बस्न आएका कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका जिल्ला सभापति कर्ण मल्लसहितका नेताहरुले क्रियाशील सदस्यताको विवाद समाधान गरेर मात्र अधिवेशन गर्नुपर्ने बताएका छन् ।

क्रियाशील सदस्यको विषयलाई लिएर बुधबारदेखि पार्टी कार्यालय सानेपामा रिले अनशन जारी छ । पार्टी केन्द्रीय कार्यालयमा अनशनरत जिल्ला सभापति कर्ण मल्लले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार केन्द्रबाट पठाइएको क्रियाशील सदस्यता खारेज गरी जिल्लाबाट सिफारिस भएको क्रियाशील सदस्यता कायम नगरेसम्म आन्दोलन जारी रहने बताउनुभएको छ ।डडेलधुरा जिल्ला सभापति मल्लले जानकारी दिएअनुसार वडाबाट सिफारिस भएर आएको ४ सय ६० जना क्रियाशील सदस्यता काटेर सभापति देउवाले मनोमानी ढंगले ३ सय १२ जना क्रियाशील सदस्य थपेर वडा अधिवेशन गरेपछि विवाद उत्पन्न भएको थियो ।

Advertisement
Advertisement

जिल्ला समितिको बैठक बसी प्रहरी लगाएर जबरजस्ती गरिएको अधिवेशन नमान्ने भन्दै भदौ २२ गते नै ध्यानाकर्षण गराएको थियो । विवाद समाधान गर्न पछि पनि पटक–पटक सभापति देउवालाई पत्र पठाए पनि बेवास्ता गरेपछि पार्टी कार्यालयमै अनशन बस्ने गरी आन्दोलन थालिएको मल्ल बताउनुहुन्छ । केन्द्रीय निर्वाचन समितिले भने यसअघि भएको अधिवेशनलाई मान्यता दिइसकेको छ ।कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेलधुरामा ५२ वटा वडा छ भने ७ वटा पालिका छ ।

Advertisement

एकमात्र निर्वाचन क्षेत्र भएको डडेलधुराबाट सभापति देउवाले निर्वाचन लड्दै आएका छन् । पार्टीको आधिकारिक उम्मेदवारको क्रियाशील हटाएर बागी उम्मेदवारको क्रियाशील थप्ने सम्मको हर्कत भएको भन्दै जिल्ला सभापति मल्ल भन्नुहुन्छ– ‘सभापति देउवा गिरिजाप्रसाद कोइरालाभन्दा पनि क्रूर भएर निस्किए ।’ उहाँले उदाहरण दिँदै थप्नुभयो– ‘स्थानीय निर्वाचनमा अजयमेरु गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसको आधिकारिक उम्मेदवार कमला विष्टको नाम क्रियाशील सूचीबाट हटाइएको छ भने विद्रोही उम्मेदवार शिवलाल शाहको नाम थपिएको छ ।’, याे समाचार नेपाल समाचारपत्र दैनिकमा रामकृष्ण चापागाईंले देखेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top