अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री देउवालाई भेट्दै

१ मंसिर ७८, बिहीबार

२ मंसिर, काठमाडौं ।

Advertisement

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आज, बिहीबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने भएका छन्।

नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र विकास साझेदारहरूसँग परिचित हुन तीन दिने भ्रमणका लागि बुधबार बेलुका नेपाल आइपुगेका उनले आज प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन्।

Advertisement

उनले भोलि शुक्रबर परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अलमलमा रहेको बेला दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने लु नेपाल आएका हुन्।

Advertisement

काठमाडौं बसाइँका क्रममा उनले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने अमेरिकी दूतावासले जनाएको छ। साथै, नेपालमा अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन पनि गर्नेछन्।

यसैबीच, दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेश मन्त्री केल्ली किडरलिङ आज काठमाडौं आइपुग्ने दूतावासले जनाएको छ। उनले नेपाली अधिकारी र नागरिक समाजका अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५ वर्ष प्रवेशको पूर्वसन्ध्यामा उनी नेपाल आउन लागेकी हुन्।

कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीहरूकाबारे उनीहरूले छलफल गर्ने दूतावासले जनाएको छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top