गुणस्तरहीन सामग्री उत्पादन गर्ने पाँच कम्पनीलाई कारबाही

१ मंसिर ७८, बिहीबार

२ मंसिर, काठमाडौं ।

Advertisement

गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गर्ने पाँच कम्पनी कारबाहीमा परेका छन्।

गुणस्तर तथा नापतौल विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरेका कम्पनीका उत्पादन बिक्री वितरणमा रोक लगाएको हो ।

Advertisement

विभागले जारी गरेको सूचना अनुसार मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट तथा जानकी केबल प्रालि र श्री ग्यास वान नेपालका उत्पादन बिक्रीमा रोक लगाउँदै १५ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको छ।

बजार अनुगमनका क्रममा संकलन गरेको नमूना विभागको प्रयोगशालामा परीक्षण गर्दा तथा उद्योग निरीक्षण गर्दा नेपाल गुणस्तरबमोजिम नपाइएकाले नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम कारवाही गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।

Advertisement

उनका अनुसार सिरहामा रहेको मारुती सिमेन्टको ओपीसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपीसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पीपीसी सिमेन्टको नमूना परीक्षण गर्दा मापदण्डानुसार गुणस्तर नभएको भेटिएको हो।

विभागले तीनै सिमेन्ट उद्योगका उत्पादनको बिक्री वितरण बन्द गरी बजारबाट फिर्ता लग्नसमेत निर्देशन दिएको छ ।

विभागले ग्यास बोटलिङमा सामान्य सुरक्षाका मापदण्ड पनि पूरा नगरेको भन्दै श्री ग्यासको बोटलिङ अपरेसन नै बन्द गराएको छ । उद्योगले सिलिन्डरमा स्फेटी क्याप नलगाएको, टेर वेट नलिएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको र उद्योगमा सिभिटी मेसिनसमेत नभएको भन्दै कारबाही गरिएको विभागले जनाएको छ ।

उद्योगले एचएसटी मेसिन प्रयोग नगरेको, सिलिण्डर धुने पखाल्ने व्यवस्था नभएको, बिग्रेको भल्भ नै परिर्वतन गर्नुपर्नेमा मर्मत गरेको, स्प्रिङ्कल मेसिन चालू अवस्थामा नरहेको र प्रेरगजको क्यालिब्रेस नभएको अवस्थामा फेला पारेपछि ग्यास उद्योग नै बन्द गरेको विभागमा महानिर्देशक पुडासैनीले जानकारी दिए। विभागले उद्योग बन्द गर्दै १५ दिनभित्र स्पष्टीकरण पेश गर्ने भन्दै पत्रचार गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top