सर्वोच्चमा तोकियो सबै खाले मुद्दामा पेसी

१ मंसिर ७८, बिहीबार

२ मंसिर, काठमाडाैँ ।

Advertisement

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।

उनले नौवटा इजलासमा पेसी तोके पनि आफ्ना लागि भने कुनै पनि इजालास तोकेका छैनन्। तोकिएका पेसीमध्ये एउटा पूर्ण इजालास, सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ ।

Advertisement

इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन। प्रधान न्यायाधीश क्षेत्राधिकारभन्दा बाहिर गएको आरोप लगाउँदै गत कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले मुद्दाको सुनुवाई गर्न इन्कार गर्दै आए पनि बीचबीचमा बन्दीको मुद्दामा भने सुनुवाइ भएको थियो । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top