×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

हिरयण्यकश्यपु वध मञ्चनसँगै कात्तिक नाच सम्पन्न

२ मंसिर २०७८

२ मंसिर, ललितपुर।

हिरयण्यकश्यपु वध मञ्चनसँगै ‘कात्तिक नाट्य महोत्सव’ सम्पन्न भएको छ। पाटनको ‘कात्तिक डबली’ कात्तिक नाच प्रदर्शन गरिएको थियो ।

Advertisement
Advertisement

हिरण्यकश्यपुको वध मञ्चनसँगै कात्तिक नाच सम्पन्न भएको कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिए। उनले भने, “लगभग तीन हजार मानिसको सहभागितामा राति ८ बजे सुरु भएको नाच मध्यराति साढे १ बजे सम्पन्न भयो ।”

आज डबलीमा हालिएको पाल आदि झिकेर सरसफाइ गर्ने काम जारी रहेको उनको भनाइ छ। नाचको मुख्य आकर्षण नृसिंह नृत्य हेर्न हजारौं हजार मानिस पाटन भित्रने गरेका स्थानीयवासी सूर्यमान डङ्गोलले बताए। उनले भने, “गत वर्षको तुलनामा यस वर्ष धेरै मानिस नृत्य हेर्न पाटन आए तर कोभिडअघि जस्तो भीड देखिएन ।”

विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए। कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो। सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यस नाच आफैँले ठूलो विशेषता बोकेको छ ।

कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास रहनाका साथै आफूसँग भएको पद र शक्तिको दुरुपयोग पनि नगर्न सन्देश छर्ने गरिन्छ। नाचको सर्जक स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ। सो नाचको थालनीले सुरुआती चरणदेखि नै जनतालाई एउटै सूत्रमा बाँधेर एकछत्रमा ल्याई मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिनै रहेको विश्वास छ ।

सो नृत्य मञ्चन गरिने स्थान पाटनमा ललितपुर भेगकै सर्वप्राचीन ढुङ्गेधारा मङ्गहिटी अर्थात् मणिधारा रहनाका साथै दरबारबाट पूर्वतर्फ रुद्रवर्ण महाविहार नपुग्दै सडकको बायाँपट्टि लुँहिटी वा नुगःहिटी अर्थात् नेवारी शब्दमा लुँहिटीको अर्थ सुनको धारा अर्थात सुन्धारासमेत देख्न पाइन्छ। मल्लकालमा निर्माण भएका मन्दिर अनि पाटी तथा सतल र दरबारहरु आज पनि पाटनमा जीवितै छन् ।

Advertisement

ललितपुर दरबार सेरोफेरोमा लिच्छविकालदेखिका अभिलेख अनि मूर्तिकला र स्थापत्य अर्थात् ढुङ्गेधार र चैत्यका प्रमाण पाइन्छन्। विश्व पर्यटक आगमन तथा आकर्षणका हिसाबले काठमाडौँ उपत्यकामा ललितपुर दरबार अग्रणी छ। सो नाचका अलवा पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि पनि मनाइने स्थानीयवासीको मत छ । रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top