प्रचण्ड निवासमा रामदेव, सीता दाहालको स्वास्थ्यलाभको कामना

३ मंसिर, काठमाडौं ।

नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु बाबा रामदेव र आचार्य बालकृष्णले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

बिहीबार खुमलटार पुगेर उनीहरूले प्रचण्ड पत्नी सीताको स्वास्थ्यवस्थाका बारेमा जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेका छन्। प्रचण्डको निजी सचिवालयका अनुसार दुवै योग गुरु र प्रचण्डबीच समसामयिक विषयमा संवादसमेत भएको थियो।

Advertisement

 रामदेव र बालकृष्ण योग अध्यात्म सम्बन्धी टेलिभिजन उद्घाटनका लागि बिहीबार नेपाल आएका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top