माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने सरकारको निर्णय

माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने सरकारको निर्णय

३ मंसिर, काठमाडौं।

सरकारले आगामी माघ १२ गते राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रिय सभाका मनोनीत एकसहित २० जना सदस्यको पदावधि आउँदो फागुन २० मा सकिँदैछ । सरकारले रिक्त हुने पदमा माघ १२ गते नै निर्वाचन गर्ने भएको हो ।

निर्वाचन आयोगले माघ १० गते अगावै निर्वाचन मिति तोक्न सरकारसँग आग्रह गरेको थियो । राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाल, राष्ट्रपतिबाट मनोनीत सदस्य रामनारायण बिडारीसमेत २० जनाको पदावधि सकिँदैछ ।

मन्त्रिपरिषद् बैठकले मठ–मन्दिरमा हुने बलि प्रथा न्युनीकरण गर्न समिति गठन गर्ने निर्णय पनि गरेकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.