×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दबाबमा ओली : पदाधिकारी मिलाउन सकस

३ मंसिर २०७८

नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो।

वर्तमान अध्यक्ष केपी ओलीले दसौँ महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन्। तर वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिव, उपमहासचिव र सचिवमा सोचेभन्दा धेरै आकांक्षी देखिएका छन्। तर अहिलेसम्म आकांक्षी कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन्।

Advertisement
Advertisement

वर्तमान उपाध्यक्ष भीम रावलले गृहजिल्ला अछाम पुगेर दसौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि थप केही बोलेका छैनन्। वरिष्ठ उपाध्यक्षमा दाबी गर्ने नेताहरू धेरै भएका कारण मिलाउन समस्या भएको हो। एमालेले महाधिवेशनमा प्यानल बनाएर उम्मेदवारी घोषणा गर्न बन्देज लगाएको छ।

घनश्याम भुसाललगायतका नेता कुन पदमा निर्वाचनमा लड्ने भन्ने द्विविधामा छन्। तर संसदीय दलका उपनेता सुवास नेम्वाङले केपी ओली (अध्यक्ष) पछिको पदमा उम्मेदवारी दिने संकेत गरिसकेका छन्।

महासचिव ईश्वर पोखरेल विधानअनुसार महासचिवमा दोहोरिन नमिल्ने भएपछि उनले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका छन्। भीम रावल, अष्टलक्ष्मी शाक्यले पनि वरिष्ठ उपाध्यक्ष बन्ने चाहना राखेका छन्। माओवादीबाट एमालेमा आएका रामबहादुर थापाले पनि वरिष्ठ उपाध्यक्षमा आकांक्षा राखेका छन्।, यो समाचार आजको नागरिक दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top