×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

खोटाङमा कांग्रेस क्षेत्रीय अधिवेशनः गगनदेखि देउवाको प्यानल

३ मंसिर २०७८

३ मंसिर, खोटाङ ।

नेपाली कांग्रेस खोटाङको क्षेत्रीय कार्यसमिति (प्रदेश क र ख) को अधिवेशनमा चार वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

Advertisement
Advertisement

शुक्रबार आज हुने क्षेत्रीय कार्यसमितिको अधिवेशनका लागि चुनावी दौडमा सभापति एव‍ं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र नेताहरू कृष्णप्रसाद सिटौला÷गगन थापा निकट चार प्यानल चुनावी मैदान छन् ।

जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रवीप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई आकांक्षी देखिए पनि उनीहरुले एक÷एक वटा क्षेत्रमा मात्र आफ्ना उम्मेदवार उभ्याएका छन् ।

जिल्ला सभापतिको दौडमा रहेका पूर्वराज्यमन्त्री सर्वधन र महासमिति सदस्य रवीप्रकाश केन्द्रमा सभापति देउवासँग नजिक मानिन्छन् । पूर्वसभापति विष्णुकुमार पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र सिटौला÷गगन थापासँग नजिक मानिन्छन् ।

सर्वधनको टीमले कांग्रेस क्षेत्रीय कार्य समिति (प्रदेश क) मा भक्तजङ राईलाई सभापतिमा उठाएको छ । उपसभापतिमा दिलिपराजा गिरी र उद्धव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राईलाई उम्मेदवार बनाएको छ ।

कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको टीमबाट क्षेत्रीय कार्य समिति (प्रदेश क) को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल प्रतिस्पर्धामा छन् ।

जिल्ला सभापतिका अर्का उम्मेदवार विष्णुकुमारको टिमबाट क्षेत्रीयकार्य समिति (प्रदेश ख) को सभापतिमा दिनेश घिमिरे, उपसभापतिमा महेन्द्र राई र रमाहाङ राई, सचिवमा समराज राई र प्रविण राई, सहसचिवमा कमल प्रधान र राजकुमार बस्नेत अघि सरेका छन् ।

भूपेन्द्रको प्यानलबाट क्षेत्रीय कार्यसमिति (प्रदेश ख) को सभापतिमा चण्डिकुमार राई, उपसभापतिमा हरिबहादुर खड्का र रामचन्द्र केसी, सचिवमा बलराम राई र मोहन कटवाल, सहसचिवमा मणिराज खत्री र शिव राई उम्मेदवार बनेका छन् ।

जिल्ला सभापतिमा पौडेल र कोइरालाको एलायन्स भएको छ। त्यही एलायन्सले मात्र दुबै क्षेत्रमा उम्मेदवार अघि सारेको छ । सर्वधनले क्षेत्रीय कार्य समिति (प्रदेश ख) मा आफ्नो छुट्टै टिम बनाएका छैनन् । भूपेन्द्रले क्षेत्रीय कार्य समिति (प्रदेश क) मा आफ्नो प्यानल बनाएका छैनन् ।

क्षेत्रीय कार्यसमिति (प्रदेश ख) मा देउवा, पौडेल र कोइरालाको सहकार्य भएको स्रोत बताउँछ । यसो हुँदा (प्रदेश ख) मा भूपेन्द्र एक्लैले अन्य प्यानलसँग भिड्नुपर्ने देखिएको छ ।

(प्रदेश क) मा आफ्नो छुट्टै उम्मेदवार नउठाएका भूपेन्द्रको टिमले सर्वधनको टिमलाई सहयोग गर्ने सम्भावना छ । केन्द्रमा देउवा निकट भए पनि जिल्लामा सर्वधन र रवीप्रकाशको दूरी टाढा छ ।

क्षेत्रीय कार्यसमिति (प्रदेश क) को अधिवेशन हलेसीमा र क्षेत्रीय कार्यसमिति (प्रदेश ख) को अधिवेशन सिमपानीमा हुँदैछ । क्षेत्रीय कार्य समितिको अधिवेशनले सात पदाधिकारी र १६ प्रदेश अधिवेशन प्रतिनिधि चयन गर्ने कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

Advertisement

क्षेत्रीय अधिवेशनमा ७÷७ सय क्षेत्रीय प्रतिनिधिले मतदान गर्ने कांग्रेसले जनाएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top