पार्टीको ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्छ : सहमहामन्त्री डा. महत

२ मंसिर ७८, शुक्रबार

३ मंसिर, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका सहमहामन्त्री डा। प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीको समग्र ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्ने बताएका छन्।

आगामी वर्ष स्थानीय तह,प्रदेश सभा र संघीय संसदको प्रतिनिधिसभाको निर्वाचन हुँदैछ।

Advertisement

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा आज काठमाडौं क्षेत्र नं ५ को प्रदेश ‘क’ र ‘ख’का प्रदेश सभा क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नं ५ को प्रदेश ‘क’ को प्रदेश सभा अधिवेशन विशाल मिलन केन्द्रमा भइरहेको छ भने प्रदेश ‘ख’ को अधिवेशन अनुप्रस्थ पार्टी प्यालेसमा भइरहेको छ।

Advertisement

सहमहामन्त्री डा.महतले पार्टीको आन्तरिक निर्वाचनमा भरसक सहमतिमा नेतृत्व चयन भए अझ राम्रो हुने उल्लेख गर्दै भने, ‘यो पार्टीको अधिवेशन हो । नेतृत्वका लागि हामीबीच प्रतिस्पर्धा भइरहेको छ । तर हामीले निर्वाचनमा वास्तविक प्रतिस्पर्धा त अन्य राजनीतिक दलसँग गर्नुपर्दछ । तसर्थ निर्वाचनमा सहभागी हुने सम्पूर्ण साथीहरुलगायत निर्वाचित हुने प्रदेश समितिले आफ्नो सम्पूर्ण ध्यान आउने निर्वाचनमा पार्टीलाई जिताउन लगाउनु पर्दछ।’

सहमहामन्त्री डा।महतले नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा विभिन्न तहको नेतृत्वका लागि प्रतिस्पर्धा गरेका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई खेलको जसरी सहज रुपमा लिन आग्रह गर्दै भने, ‘निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरुबीच रहेको सद्भाव र एकता पूर्ववत रहनु पर्दछ । अझ सौहार्द र घनिष्ठ बन्नुपर्दछ । यो निर्वाचनको नतिजा आएपछि कुनै तिक्तता र रिक्तता नरहोस् ।’

उनले १४ औं महाधिवेशनका क्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य, भातृसंगठनका सदस्य, शुभेच्छुक,समर्थक र मतदाताहरुमा देखिएको उत्साहलाई पार्टीको उर्जाको रुपमा लिएको बताउदै यसले आफूलाई ठूलो प्रेरणा दिएको पनि बताए।

नेपाली कांग्रेसको १४ महाधिवेशनको क्रममा आज देशभरका ४६ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदैछ।

महाधिवेशनको क्रममा मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । त्यस्तै एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन मंसिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ।

केही हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ।नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top