अमेरिकी सहायक विदेश मन्त्री लु र अध्यक्ष ओलीबीच भेटवार्ता

३ मंसिर, काठमाडौं।

Advertisement

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहेका सहायक विदेशमन्त्री लु नेतृत्वको प्रतिनिधि मण्डलले शुक्रबार पूर्वप्रधानमन्त्री समेत ओलीसँग सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भेटवार्ता गरेको हो।

Advertisement

भेटमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य विष्णु रिमाल पनि सहभागी थिए। उनीहरूबीच एमसीसी सम्झौता, दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको स्राेतले जनाएकाे छ ।

अमेरिकी विदेशमन्त्री लु नेतृत्वको टोलीले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्नेछ। उनले बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकै निवास बालुवाटारमा शिष्टाचार भेट गरेका थिए।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top