विमानस्थलबाट २ किलो सुनसहित दुईजना पक्राउ

३ मंसिर, काठमाडौं ।

Advertisement

त्रिभुवन अन्र्तराष्टिय विमानस्थलबाट दु्ई किलो सुनसहित दुईजना पक्राउ परेका छन्। शुक्रबार विमानस्थलको पार्किङस्थलबाट दुई किलो सुनसहित दुईजना पक्राउ परेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए।

पक्राउ पर्नेमा दाङका सीताराम चौधरी र सिराहाका सरोज सहनी रहेका छन्। त्रिभुवन विमानस्थलको सुरक्षा टोली र अपराध महाशाखाको टोलीले शुक्रबार सुन बरामद गरेको हो ।

Advertisement

 उनीहरु आज बिहान नेपाल एयरलाइन्स ९.४५ को विमानबाट दुर्वइबाट काठमाडौं आएका थिए। बरामद भएको सुन लेदो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। परीक्षणका लागि भन्सार विभाग पठाइएको प्रहरीले जनाएको छ। उनीहरुले सुन भित्री कपडामा गोजी बनाएर सेतो पोलीथिनमा बेरेर लेदो बनाएर ल्याएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top