कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका विवरण पठाउन एमालेको निर्देशन

२ मंसिर ७८, शुक्रबार

३ मंसिर, काठमाडौँ।
नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले यही कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका सम्पूर्ण विवरण उपलब्ध गराउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । महाधिनका लागि एक हजार ९९९ प्रतिनिधि छनोट हुनेछन् ।

एमालेले महाधिवेशन प्रतिनिधि छनोटका लागि यही कात्तिक २७ गते देशभरका कमिटीका निर्वाचन तोकेको छ । सो पार्टीको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । हाल एमालेका सात लाख ३० हजार सङ्गठित सदस्य रहेका छन् । एमालेले बाँकी रहेका पालिका वा वडा अधिवेशन यही कात्तिक २५ गतेभित्र सक्न यसअघि निर्देशन दिइसकेको छ ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले मङ्सिर ११ गते विद्युतीय उपकरणका माध्यमबाट केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन सुरु हुने उल्लेख गर्दै सौराहामा बन्दसत्र, भोजन, आवासलगायतका व्यवस्थापन हुने जानकारी दिए ।

Advertisement

उनले नारायणी किनारमा अध्यक्ष केपी शर्मा ओलीबाट हुने उद्घाटन सत्रमा चितवन आसपासका समेत गरेर पाँच लाख नेता कार्यकर्ताको सहभागिता गराइने जनाए । उनले प्रचारप्रसार पूर्णरूपमा डिजिटल गरिने भएकाले भित्तेलेखन आदि नगरिने बताए । एमालेले नेता रामबहादुर थापाको संयोजकत्वमा २३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको थियो । रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top