×

NEPAL TIMES UPDATES

Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026

जबराको राजीनामा नआएपछि महाअभियोगको वकालत गर्दै वकिलहरु

३ मंसिर २०७८

३ मंसिर, काठमाडाैँ ।

वरिष्ठ अधिवक्ता तुलसी भट्टले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । शुक्रवार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता भट्टले राजनीतिक दलहरु समक्ष प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाएर निष्काशन गर्न आग्रह गरेका हुन् ।

Advertisement
Advertisement

प्रधानन्यायाधीश भुमिगत गिरोहबाट सञ्चालित
उनले प्रधानन्यायाधीश भुमिगत गिरोहबाट सञ्चालन भएको भन्दै न्यायाधीशहरुसँग गरेको सहमतिपनि पालना नगर्नेतर्फ न्यायाधीशहरुलाई सचेत गराए । उनले भने – ‘यो प्रधानन्यायाधीशसँग न दिमाग छ, न मन छ, न आत्मा छ । यो प्रधानन्यायाधीश भुमिगत गिरोहबाट सञ्चालित छ । यो प्रधानन्यायाधीशले यहाँ जे सहमती गर्छ, म अन्य मान्य न्यायाधीशहरुलाई पनि अनुरोध गर्न चाहान्छु, यो प्रधानन्यायाधीशले तपाईहरुसँग गरेका कुनैपनि सहमती त्यो भुमिगत गिरोह, विचौलियाको नाइके, प्रतिकार समुहकोमा पुग्नुभन्दा अगाडीसम्म मात्रै कायम रहन्छ । त्यहाँ पुगेपछि उसका तमाम सहमतीहरु पालना हुँदैनन् । यो प्रधानन्यायाधीश आफ्नो विवेकले चल्दैन । यो प्रधानन्यायाधीश बिचौलियाको माफियाहरुबाट सञ्चालित छ । यस्तो प्रधानन्यायाधीशलाई हामी प्रधानन्यायाधीश मान्न सक्दैनौँ । आजै, अहिल्यै, तत्क्षण यो प्रधानन्यायाधीशले राजीनामा दिनुपर्दछ । म प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेताहरु र सम्पूर्ण सांसदहरुलाई म आह्वान गर्न चाहान्छु, तपाईहरु कसको बलमा माननीय हुनुभएको छ अहिले ? कानुन व्यवसायीले रातदिन खटेर, मुद्दा लेखेर, रातदिन बहस गरेर, अदालतमा झगडा गरेर, आफ्नो मेहनत गरेर, बिना पैसा बहस गरेको कारणले प्रतिनिधि सभा पुर्नस्थापना भएको छ । त्यसको आडमा तपाईहरु सांसद हुनुभएको छ । त्यसको आधारमा तपाईहरु नेता हुनुभएको छ, त्यसको आधारमा तपाई गृहमन्त्री हुनुभएको छ । खबरदार भोली यस्तै हुने हो र कानुन व्यवसायीमाथि प्रहरी दमन हुने हो भने हामीले त्यस्तो दिन भन्नु नपरोस् । सम्पूर्ण नेता र राजनीतिक दलका नेताहरुलाई भन्न चाहान्छु । महाअभियोग लगाउनुस् र निष्काशन गर्नुस् ।’

प्रत्येक दलका नेताहरुले प्रधानन्यायाधीशसँग लेनदेन
वरिष्ठ अधिवक्ता एकराज भण्डारीले राजनीतिक दलहरुलाई न्यायपालिकामा भइरहेको आन्दोलनले नछोएको टिप्पणी गरे । उनले प्रत्येक दलका नेताहरुको प्रधानन्यायाधीशसँग लेनदेन भएको आरोप लगाए । नेताहरुको मुद्दा प्रधानन्यायाधीशले बार्गेनिङको रुपमा सर्वोच्चमा अड्काएको कारणले नेताहरु बोल्न नसकेका उनले बताए । उनले भने – ‘यो विषयवस्तु छुनुपर्ने भनेको नेपालका दलहरुमा, जो सरकारमा छन् । जो प्रतिपक्षमा छन् । ति दलहरुलाई यसले किन छोएको छैन । के यी दलहरुको लागि यो न्याय प्रणाली होइन ? न्यायपालिका होइन ? अवश्य हो । किनभने प्रत्येक दलहरुको चोलेन्द्र शमशेरसँग लेनदेन छ । सबले हिसाबकिताब गरेका छन् । सबै दलका नेताहरुको कुनै न कुनै ढंगका यहाँ मुद्दा, मामिला छन् । ति मुद्दा, मामिला बार्गेनिङ ढंगले यहाँ अड्किइरहेको छ । त्यसैले यि दलहरु बोलिरहेका छैनन् । अहिलेका दलहरुले सोचिराखे हुन्छ । सर्वोच्च अदालतमा, नेपाल बारको प्रांगणमा सुरु भएको यो आन्दोलन एउटा झिल्का हो । यदी दलहरुले यो कुरालाई ध्यान दिएनन् भने सम्पूर्ण सत्ता नै गुमाउनुपर्ने अवस्था पनि आउन सक्छ । यो होस् गर्नु । यो आन्दोलनको एउटा झिल्का हो ।’

प्रधानन्यायाधीशले तस्करहरुको सेवा गरे
बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश जबराले बारको आन्दोलन दबाउन पदको दुरुपयोग गरिरहेको बताए । प्रधानन्यायाधीले जनताको लागि इजलाश चलाउन तयार नभएको तर दलाल, माफिया र तस्करहरुको सेवा गरिरहेको जिकिर गरे ।

उनले शक्तिशाली नेताहरुको मुद्दा सर्वोच्चमा रहेको र ति मुद्दालाई देखाएर नेताहरुलाई तर्साइएको कारण नेताहरु प्रधानन्यायाधीशको विरुद्धमा बोल्न नसकेको बताए । उनले भने – ‘हामीले जुन आन्दोलन गरिराखेका छौँ । त्यो आन्दोलन दबाउन गृहमन्त्री, प्रधानमन्त्री, सबैलाई ति दलालहरु जसको सेवामा प्रधानन्यायाधीशले आफ्नो पदको दुरुपयोग गरिरहनुभएको थियो उनीहरुको लागि उहाँ बसिरहनुभएको छ । तपाई हाम्रो लागि होइन, यो प्रष्ट भयो । कुनै भ्रममा नपर्नुस् । तपाई हाम्रो लागि उहाँ तयार हुनुहुन्न, इजलाश चलाउन सक्नुहुन्न । तर प्रधानन्यायाधीशको कुर्सि समातेर बस्न बाध्य हुनुपर्छ उहाँले । तपाईँ हामीले चाह्यो भने भेट सम्भव छैन । अन्यायमा परेको व्यक्तिले प्रधानन्यायाधीश भेटौँ भनेर खोज्यो भने उहाँको प्रशासनले पनि सायद भेट्न सक्दैन । तर दलालहरु, माफियाहरु, र तस्करहरु जुन वर्गको उहाँले सेवा गरिरहनुभएको छ या उहाँ सेवा गर्न बाध्य हुनुहुन्छ, सायद उहाँलाई त्यहाँ पु¥याउने तत्व त्यही नै हो । यो चिन्नु जरुरी छ । यो त जनआन्दोलन भन्दापनि, जनयुद्ध भन्दापनि धनसँगको युद्ध बडा खतरा रहेछ । यो यति पावरफुल रहेछ, उसले चाहादा पुलिसलाई लठ्ठी हान्नु भन्दा हान्दो रहेछ । एसएलआर लिएर सर्वोच्च अदालतमा छिर भन्दा तुरुन्तै छिर्दो रहेछ । हर लेभलमा उसको पहुँच छ हेर्नुस् । त्यसैले यो सरकार र जतिपनि संस्थाहरु हामीले बनाएका छौँ । त्यो सामान्य नागरिकको लागि राखिएको हो । तर यहाँ होइन रहेछ, उनीहरुको कब्जामा रहेछ । यो प्रष्ट रुपमा देखियो । नेताहरुको कान बहिरा छैनन् धेरै कुरा सुन्छन् । तर आँखा चाहीँ अन्धो छ । ति दलालहरु बाहेक नेताहरुकैमा भेट्न जानुप¥यो भनेपनि दलालहरुको लागि चौबिसै घण्टा तयार । तर तपाई हाम्रा कुरा सुन्नलाई कतिदिन धाएर पनि सम्भव छैन । हामीले बनाएर हर सरकारी संयन्त्रहरुमा उनीहरुको कब्जा छ । नेताहरु किन बोलिराख्या रैनछन् मैले थाहा पाएँ । धेरै शक्तिशाली भन्ने नेताहरुको यहाँ मुद्दा रहेछ, त्यो मुद्दामा उहाँले आतंक पठाइराखेको रहेछ नेतालाई । भन्नुस् त हाम्रो कस्तो न्यायालय रहेछ । नेताको मुद्दा पर्दाखेरी एउटा प्रधानन्यायाधीशले नेतालाई थर्काउन सक्ने । बाँकी अन्यायमा परेका नागरिक माथि कस्तो आतंक होला ?’

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआउञ्जेलसम्म सर्वोच्च अदालतमा धर्ना जारी राख्ने जनाएको छ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top