अमेरिकी सहायक विदेशमन्त्रीले एमसीसीबारे ओली र प्रचण्डसँग जवाफ मागे

३ मंसिर, काठमाडाैँ ।

नेपाल भ्रमणमा आएर अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेताहरुसँग भेटवार्तालाई तीव्र दिएका छन् । उनको भेट विशेषत अमेरिकी सहयोग परियोजना एमसीसीमा केन्द्रित देखिएको छ। सहायक विदेश मन्त्री डोनाल्डले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।

शुक्रवार अमेरिकी सहायक विदेश मन्त्री लूले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका हुन् । शिष्टाचार भेटमा मन्त्री लूले अमेरिकाले विभिन्न स्वास्थ्य, शिक्षा र रोजगार लगायतका क्षेत्रमा गरिरहेको सहयोगलाई अझै बिस्तार गर्ने प्रतिवद्धता जनाएको नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए ।

उनले मन्त्री लूले अध्यक्ष ओलीसँग नेपालमा अमेरिकाले केही नयाँ क्षेत्र (क्लिन इनर्जी) को क्षेत्रमा पनि सहयोग गर्ने चासो दिएको बताए । मन्त्री लूले एमसीसीको बारेमा राखेको प्रश्नको उत्तरमा अध्यक्ष ओलीले आफू सरकारमा नभएको बेलामा बोल्ने स्थिती नभएको भन्दै सरकारमा भएका दलहरुले गरेको निर्णय हेरेर आफ्नो निर्णय बनाउने बताएकाछन् । भट्टराईले भने, ‘संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्रीज्युले पूर्व प्रधानमन्त्रीज्यूसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटघाटको क्रममा खासगरी उहाँहरुका तीन, चार वटा विषयहरुमा उहाँहरुले नेपालसँग एउटा त हाम्रो ऐतिहासिक सम्बन्ध छ दुई वटै मुलुकका बीचमा । ७५ वर्षदेखि हामी अत्यन्त राम्रो सम्बन्ध कायम गरेर आइरहेका छौँ । अमेरिकाले विभिन्न क्षेत्रमा सहयोग गरिरहेको छ, त्यो क्षेत्रलाई हामी बिस्तार गर्न चाहन्छौँ भन्नुभयो । दोस्रो केही नयाँ क्षेत्रमा काम गर्ने इच्छा छ, त्यो भनेको क्लाइमेट चेन्जको विषय । क्लाइमेट चेन्जले पारिरहेको असरको बारेमा हामी हाम्रो मुलुकको तर्फबाट थप केही नयाँ क्षेत्रमा काम गर्न चाहन्छौँ, त्यो भनेको क्लिन इनर्जी डेभलप नेपालको लागि अत्यन्त सम्भावना युक्त ठाउँ हो, यसले नेपालका लागि मात्रै होइन, रिजनकै लागि ठूलो योगदान दिन सक्छ । त्यो योगदान दिने कुरामा अमेरिकाको साथ र सहयोग रहनेछ भन्नुभयो । नेपालको आर्थिक विकास, सामाजिक क्षेत्रका कार्यहरु, स्वास्थ्यको क्षेत्रमा गरिहरेको कुरामा बिस्तार गर्न चाहन्छौँ, शिक्षाको क्षेत्रमा बिस्तार गर्न चाहन्छौँ भन्नुभएको छ, पूर्वप्रधानमन्त्रीको तर्फबाट अमेरिकाले गरिरहेको सहयोगको लागि धन्यवाद भन्नुभयो, स्वास्थ्य र शिक्षाको क्षेत्रमा विगतमा गरेको योगदानको महत्व धेरै छ, यसलाई निरन्तरता दिने कुरामा धन्यवाद छ भन्ने कुरा रह्यो, पछिल्लो समय कोरोना महामारीमा भ्याक्सिनमा गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँहरुले एमसीसी के हुन्छ भनेर अर्को प्रश्न राख्नुभयो । एमसीसीको बारेमा हामी अहिले सरकारमा छैनौँ, सरकारमा नभएको बेलामा यही गर्ने भनेर बोल्ने स्थिती छैन, सरकारमा भएकाहरुले के गर्ने भन्छन्, त्यो हेरेर निर्णय गरौँ भन्नुभयो ।’

यस्तै अमेरिकी सहायक विदेश मन्त्री लूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगपनि भेट गरेका छन् । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले छलफलबाट आफू सन्तुष्ट भएको बताए । भेटमा लूले नेपालको शिक्षा स्वास्थ्य र स्वच्छ उर्जाको क्षेत्रमा विशेष सहयोग गर्ने बताएका थिए । भेटपछि संचारकर्मीहरु सँग बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लू लाई जानकारी गराएको बताए । उनले अमेरिकाले दिएको डिसेम्बर १४ भन्दा अघिको समयसीमा भित्र ठोस निर्णयमा पुग्ने पनि बताए ।

अध्यक्ष दाहालले भने, ‘राम्रो वातावरणमा सौहाद्रपूर्ण र खुल्ला छलफल भयो, म छलफलबाट पूरै सन्तुष्ट भएको छु, हामीले पहिलो कुरा नेपालको समग्र विकास प्रक्रिया नेपालको विकासको सम्भावना बढी कुन क्षेत्रमा छ भन्ने बारेमा कुराकानी भयो । उहाँले यहाँको क्लिन इनर्जीको बारेमा थोरै कुरा राख्नुभयो । एग्रिकल्चर डेभलपमेण्टको बारेमा केही कुरा गर्नुभयो । मैले नेपालमा एग्रिकल्चर बेस्ट इण्डस्ट्रीको आवश्यक्ता छ, युवाहरुलाई रोजगारी हुन्छ, एग्रोबेस्ट इण्डस्ट्री नै राम्रो हुन्छ भने । नेपालको पिस प्रोसेसको बारेमा कुरा भयो, तेस्रो कुरा एमसीसीमा थियो । एमसीसीको बारेमा मैले प्रष्टसँग भने हामी एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा विल्कुल छैनौँ । किनभने त्यत्रो पैसा नेपालमा इन्फास्ट्रक्चरको लागि आवश्यक छ, तपाईहरु पैसा दिन तयार हुनुहुन्छ, हामी लिन तयार छौँ । यहाँ केही कन्फ्यूजनहरु छन्, पहिला ओर्जिनल डकुमेण्ट जस्तो थियो, अहिले छैन, त्यसले कन्फ्युजन छ । अल पार्टी मिटिङमा हामी छलफल गर्छौं, हामी डिसेम्बर १४ अघि एउटा टुंगोमा पुग्छौँ ।’

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालपछि सहायक विदेश मन्त्री लूले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गरेका छन् ।

यसअघि पनि एमसीसी उपाध्यक्ष फतिमा सुमार आएर नेपाल सरकार लगायत प्रमुख राजनीतिक दलका नेताहरुलाई भेट गरी जसरी भएपनि पास गर्न अप्रत्यक्ष दबाब दिएकी थिइन् । फतिमासँग एमसीसी पास गराउने प्रतिवद्धता जनाएको सरकारले भने त्यसयता एमसीसी पास गराउने विषयमा अन्तिम धारण बनाइ दलहरुसँग छलफल चलाउन सकेको छैन् । एमसीसीका विषयमा सत्तारुढ पाँच दलीय गठबनधनभित्रै मतभेद रहदै आएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top