एमाले महाधिवेशन : ९० विद्युतीय भाेटिङ मेसिन प्रयोग गरिने, मतदानकै दिन मतपरिणाम

३ मंसिर, काठमाडौं।

Advertisement

नेकपा (एमाले)को आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ ।

नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए । उनका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि यही मङ्सिर ११ गते उम्मेदवार दर्ता गरिने छ । “हामीले मतदान स्थल पनि हेरिसकेको छौँ, उनले भने, “बन्दसत्र हुने होटेलका हलमा मतदान हुनेछ ।”

Advertisement

आयोगले मङ्सिर १२ गते निर्वाचन गर्ने तयारी गरेको छ । उम्मेदवार दर्ता गरिसकेपछि विद्युतीय मेसिनमा उम्मेदवारको नाम दर्ता गर्नका लागि करिव ८ देखि १० घण्टा लाग्ने जनाइएको छ । आयोगका अध्यक्ष डा सुब्बाले विद्युतीय उपकरणमा नाम दर्ता गराएपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुने बताए । उनका अनुसार एक प्रतिनिधिलाई विद्युतीय उपकरणमा मतदान गर्न आधा घण्टा लाग्ने छ । विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उनले बताए ।

‘राम–लक्ष्मण भोटिङ मेसिन’द्वारा मतदान गरिने जनाइएको छ । “मङ्सिर १२ गते बिहानैदेखि हामीले निर्वाचन गरेर साँझ मतपरिमाण घोषणा गर्ने छौँ”, उनले भने, “मतदान सकिएपछि मुजुल्का बनाउन दुईतीन घण्टा र गन्नका लागि तीन–चार घण्टा लाग्ने छ ।” निर्वाचन लागि ९० उपकरणको प्रयोग गर्ने छ । महाधिवेशन स्थलमा १०० उपकरण प्रयोग गरिने छ । पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले विद्युतीय उपकरणबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास गराइरहेको छ ।

Advertisement

आयोगका अध्यक्ष डा सुब्बाले महाधिवेशनस्थलमा तीन उपकरणबाट नमूना मतदान गराइने बताए । राम–लक्ष्मण इनोभेसेनका निर्देशक लक्ष्मण रिमालले मतदान भएको चार घण्टामा नै मतपरिणाम घोषणा गर्ने जानकारी दिए । “हामीले चितवनमा मतदानस्थल पनि हेरेर आइसकेका छौँ”, उनले भने, “ १२ गते बिहान ८ बजेदेखि मतदान सुरु भएर साँझ ६ बजेसम्म सक्ने हाम्रो तयारी रहेको छ । अनि मतदान सकेको चार घण्टामा नै हामीले मतपरिमाण घोषणा गर्दछौँ ।”

उनले महाधिवेनमा सहभागी हुने सबै प्रतिनिधिलाई एक पटक विद्युतीय उपकरणमा नमूना मतदान गराइने बताए । “महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेसिनमा नमूना मतदान गरेर मात्र हामीले मतदान गराउने छौँ”, उनले भने, “महाधिवेशनस्थलमा पनि हामीले मेसिनमा नमूना मतदान गराउनेछाँै ।”

एमालेको महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५÷१५ गरी कूल २५५ पदका लागि निर्वाचन हुनेछ । ती पदमा गत कात्तिक २७ गते निर्वाचित भएका एक हजार १९९ जना प्रतिनिधिले मतदान गर्ने छन् । निर्वाचनमा समावेशीसहित ४८ स्थानका लागि ४८ वटा मतपत्रका स्क्रिन ती उपकरणमा रहने छन् । “जम्मा ४८ पदका लागि करिब ५०० उम्मेदवार हुने हाम्रो अनुमान रहेको छ”, निर्देशक रिमालले ने, “सोहीअनुसार ती पदमा मतदान गर्नका लागि एक जना प्रनिनिधिलाई आधा घण्टा लाग्ने हाम्रो आँकलन छ ।”

निर्वाचन आयोगका अध्यक्ष डा सुब्बाले उम्मेदवारका लागि शुल्कको बारेमा भने अझै निर्णय हुन बाँकी रहेको जानकारी दिए । एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । महाधिवेशनका लागि प्रतिनिधिसमेत चयन भइसकेका छन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top