काठमाडौंलगायत प्रमुख सहरमा वायुप्रदूषण बढ्दै

३ मंसिर ७८, शनिबार

काठमाडौं : काठमाडौंलगायत देशका प्रमुख सहरहरूमा वायू प्रदूषणको जोखिम बढ्दै गएको पाइएको छ । बिहीबार र शुक्रबार राजधानी काठमाडौंको मौसम अत्यन्तै प्रतिकूल रह्यो । काठमाडौं उपत्यकामा वायुप्रदूषण उच्च देखिएको भन्दै वातावरणविद्हरूले स्वास्थ्यमा पर्ने असर कम गर्न विशेष ख्याल गर्नुपर्ने बताएका छन् ।

कात्तिक अन्तिम सातादेखि प्रदूषणको मात्रा बढ्दो क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन उनीहरूले सुझाव दिएका हुन् । बढ्दो प्रदूषणले मानव स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न सक्ने चिन्ता उनीहरूले व्यक्त गरेका छन् । वायुप्रदूषणका कारण भारतको राजधानी दिल्लीका विद्यालय तथा कलेज अनिश्चित कालका लागि बन्द गरिएको छ ।

वायुप्रदूषणको तह गम्भीर अवस्थामा पुगेपछि त्यहाँका अधिकारीहरूले विद्यालय र कलेज बन्द गरेका हुन् । नेपालमा पनि राजधानी काठमाडौंलगायत मुलुकका प्रमुख सहरमा प्रदूषणको मात्रा उच्च हुँदै गएको हो । नयाँ दिल्ली र पाकिस्तानमा प्रदूषण बढी भएपछि त्यसको असर नेपालमा पनि देखापरेको वातावरण क्षेत्रका विज्ञहरूले बताएका छन् । बिहीबार धनगढीमा उच्च प्रदूषण भएको पाइएको छ ।

Advertisement

गत वर्ष प्रदूषण बढेपछि सरकारले विद्यालय नै बन्द गर्ने निर्णय गरेको थियो । यो वर्ष पनि प्रदूषणका कारण शैक्षिक संस्था तथा यातायात सेवा बन्द गर्नुपर्ने अवस्था आउनसक्ने मौसमविद्हरूले बताएका छन् । मौसममा देखिएको परिवर्तनसँगै वायुप्रदूषण पनि ह्वात्तै बढेको हो । वायुको गुणस्तरको सूचकांक (एक्यूआई) अनुसार बिहीबार राति १० बजे नेपालका सहरमध्ये बढी प्रदूषित सहरका रूपमा धनगढी देखिएको थियो ।

बिहीबार राति धनगढीमा एक्यूआई १९३ थियो भने विराटनगरमा एक्यूआई १९१ मापन गरिएको थियो । यसैगरी, काठमाडौंमा एक्यूआई १७३ मापन गरिएको वातावरण विभागको वायुप्रदूषण मापन शाखाले जनाएको छ । रत्नपार्कमा एक्यूआई १८८ र ललितपुरको भैंसेपाटीमा १६७ भन्दा बढी मापन गरिएको थियो । सो अंकले वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक तहमा रहेको देखाउने वातावरणविद् भूषण तुलाधर बताए ।

Advertisement

वायु गुणस्तरको व्यवस्थापनका लागि सरकारले दुई वर्षअघि काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना बनाएर ३०० भन्दा बढी भए विपद्को रूपमा लिने जनाएको थियो । काठमाडौं उपत्यकाको भौगोलिक बनोटका कारण पनि वायु प्रदूषणका लागि जोखिम बढिरहेको र संवेदनशील अवस्थामा रहेको वातावरणविद् तुलाधर बताउँछन् ।

उनले भने, ‘बिहीबार र शुक्रबार बादल धेरै लागेको थियो र यसले गर्दा कचौरा आकारको काठमाडौं उपत्यकाको प्रदूषण जहाँको तहीँ रह्यो, दोस्रो भनेको काठमाडौं उपत्यकाको वरिपरिका वनहरूमा डढेलोको कुराहरू पनि आइरहेका छन् र तेस्रो कारण भनेको जाडोका कारण मानिसहरूले आगो ताप्ने, फोहोर बाल्ने गरेका छन् त्यसले पनि हिजो र आज नै वायु प्रदूषणको अवस्था खराब देखाएको हो ।’ उपत्यकाको बनोटकै कारण वायु प्रदूषणको प्रतिकूल अवस्था दोहोरिरहने भन्दै यसको न्यूनीकरणका लागि सरकारी संयन्त्रले काम गर्नुपर्ने तुलाधर बताउँछन् ।

यो वर्ष कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेका बेला जाडोमा जनस्वास्थ्यमा पुग्ने असर थप जटिल हुने चिकित्सकहरू बताउँछन् । ,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top