सुस्ताएको सुरुङमार्गमा काठमाडौंका सीडीओको छड्के, आयोजना छिटो सक्न निर्देशन

३ मंसिर ७८, शनिबार

काठमाडौं : सबैतिर चासो भए पनि नेपालको पहिलो सुरुङ मार्ग आयोजना नागढुंगा सुरुङ मार्ग अहिले सुस्ताएको अवस्थामा छ । कुनैबेला यो आयोजनाले निकै गति लिएको थियो तर एकाएक आयोजनाको निर्माण कार्य कछुवाको गतिजस्तै भएपछि शुक्रबार काठमाडाैंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाललगायतको सरकारी उच्च टोलीले आयोजना स्थल पुगेर आकस्मिक छड्के मात्रै गरेनन्, सो आयोजना छिटोभन्दा छिटो सक्न आयोजनाका कर्मचारीहरूलाई निर्देशनसमेत दियो ।

सो आयोजना हाल निर्माणको क्रममा भए पनि कामकारबाही अत्यन्तै सुस्त भएको भन्दै चौतर्फी गुनासा आएका थिए । २०७६ असोजमा नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा एन्डो कर्पोरेसनबीच सम्झौता भई निर्माण सुरु भएको सुरुङ मार्गको निर्माण कार्य हाल २३.०२ प्रतिशत मात्रै सकिएको छ । ४२ महिनामा सम्पन्न गर्नेगरी निर्माण कार्य भइरहेको सो सुरुङ मार्गको काम भने दुई वर्ष बित्दासमेत निकै कम भएको छ ।

अहिले मुख्य सुरुङ निर्माणसँगै ‘फ्लाई ओभर, ‘अन्डर पास’, पहुँच सडक, खानेपानीलगायतका संरचनाको निर्माण अघि बढे पनि सो कार्य निकै सुस्त छ । प्रमुख जिल्ला अधिकारी रिजालले सो आयोजनाको काम समयमा नै सम्पन्न गर्नेगरी निर्देशन दिइएको बताए । विगतमा जग्गा प्राप्ति र स्थानीयसँग सम्बन्धित समस्या समाधान भएकाले अब निर्माण कार्यमा ढिलाइ गर्न नहुनेमा रिजालले जोड दिए ।

Advertisement

स्थानीयको मुआब्जा पाउन नसकेको गुनासो’पनि आयोजनासँग छलफल भएको र जिल्ला मुआब्जा निर्धारण समितिको बैठकले मुआब्जा निर्धारण गर्ने काम सम्पन्न गरिसकेकाले अब समस्या नहुने उनले बताए ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top