लिग वान : मेस्सीको डेब्यु गोलमा पीएसजीको जित

५ मंसिर, एजेन्सी ।

अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रान्सेली लिग वानमा डेब्यु गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । शनिबार घरेलु मैदानमा १० खेलाडीमा समेटिएको पीएसजीले नान्टेसलाई ३–१ ले पराजित गर्दै आफ्नो शीर्षता थप मजवुत बनाएको हो ।

फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले एक गोल थप्दा एक गोल उपहार पाएको थियो । रान्डल कोलो मुआनीले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा नै केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गरेका थिए ।

६५औं मिनेटमा गोलरक्षक केलर नाभास सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटिन पुगेको थियो । उनले लुडोभिक ब्लासमाथि फउल गर्न पुगेका थिए । ७६औं मिनेटमा रान्डल कोलो मुआनीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

८२औं मिनेटमा डेनिस एपिआले आत्मघाती गोल गरेपछि पीएसजीले खेलमा २–१ को अग्रता लिन सफल भयो । मेस्सीको थ्रु बललाई क्लियर गर्ने क्रममा अपिआले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

८७औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै पीएसजीलाई सहज जित दिलाए । मेस्सीले लिग वानमा पीएसजीका लागि ६ खेल खेल्दा पहिलो गोल गरेका हुन् । उनी यसै समरमा क्याटलान क्लब बार्सिलोना छाड्दै पीएसजी आएका थिए ।

यो जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको १४ खेलबाट ३७ अंक पुगेको छ । दोस्रो स्थानको रेनेस १२ अंकले पछि छ । पराजित नान्टेस भने १८ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top