पशुपतिनाथमा रामदेवको योग अभ्यास

पशुपतिनाथमा रामदेवको योग अभ्यास

५ मंसिर, काठमाडौं ।

योगगुरु रामदेवले आज पशुपतिनाथ मन्दिर परिसरमा योग अभ्यास गराएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आयोजना गरेको योग शिविरमा रामदेवले योग अभ्यास गराएका छन् ।

योग शिविरमा सर्वसाधारणका लागि निःशुल्करूपमा प्रवेशको व्यवस्था मिलाइएको थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलले योग अभ्यासमा योगगुरु रामदेवको योगदानको चर्चा गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.