रामदेवलाई पर्यटन प्रवर्द्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव

रामदेवलाई पर्यटन प्रवर्द्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव

५ मंसिर, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भारतीय योगगुरू रामदेव बाबालाई पर्यटन प्रवर्द्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेका छन्।

आइतबार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शनसहितको योग शिविर कार्यक्रममा मन्त्री आलेले सो प्रस्ताव राखेका हुन् ।

‘हामीले मन्त्रालयको तर्फबाट योग गुरु रामदेव जीलाई ब्राण्ड एम्बेस्डरका लागि अनुरोध गरेका छौं। उहाँले सो प्रस्ताव स्विकार्नुभयो भने धेरैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आउन्। हामीहरु स्वागत गर्छौ।’ आलेले भने, ‘यहाँ कोभिड धेरै कम छ । सबैले खोप लगाएका छन् । त्यसैले यहाँको पर्यटन क्षेत्रको प्रमोशन गरिदिनुहोला । आगामी दिनमा पनि यहाँलाई स्वागत गर्न पाईयोस् ।’

रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जान सहयोग गर्ने बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.