प्रचण्डको वक्तव्यः ‘द्वन्द्वकालमा भएका कमिकमजोरीको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध’

प्रचण्डको वक्तव्यः ‘द्वन्द्वकालमा भएका कमिकमजोरीको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध’

५ मंसिर, काठमाडौँ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालमा भएका कमिकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ औं वर्षको अवसरमा अध्यक्ष प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालिन न्यायको मान्यतामा आधारित छानविनको प्रकृयाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी रहेको र छानविन गरी सत्य तथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.