गायिका प्रविशा अधिकारीले गरिन् विवाह

गायिका प्रविशा अधिकारीले गरिन् विवाह

५ मंसिर, काठमाडौं ।

गायिका प्रविशा अधिकारीले विवाह गरेकी छिन्। गत साता झापाका निर्माण सिटौलासँग इन्गेजमेन्ट गरेकी उनले आइतबार विवाह गरेकी हुन्।

‘द भ्वाइस किड्स’मा कोच समेत रहेकी प्रविशा लामो समयदेखि झापाका निर्माण सिटौलासँग प्रेम सम्बन्धमा थिइन्। आइतबार झापाको विर्तामोडस्थित चारपानेका सिटौलासँग उनले विवाह गरेकी हुन्। उनीहरुको वैवाहिक कार्यक्रम झापाकै एक पार्टी प्यालेसमा भएको छ।

प्रविशा पछिल्लो समयमा निकै रुचाइएकी गायिका हुन्। उनले गाएका दर्जनभन्दा बढी गीतहरु पछिल्लो समयमा निरन्तर चर्चामा रहेका छन्। हालसालै उनी बालबालिका केन्द्रित रियालिटी शो ‘द भ्वाइस किड्स’मा कोचको रुपमा पनि आवद्ध भएकी छिन्।

यता प्रविशासँग विवाह गरेका निर्माण पेशाले इञ्जिनियर हुन्। लामो समयदेखि अमेरिकामा बस्दै आएका उनी विवाहकै लागि नेपाल आएका थिए। गत बिहीबार उनीहरुको इन्गेजमेन्ट भएका थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.