केही साथीहरू गिरिजा र प्रचण्डलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन लागीपरेका छन् : प्रचण्ड

६ मंसिर, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशभित्रकै केही व्यक्तिहरू आफूलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडिरहेको बताएका छन् । चितवनमा आज आयोजित एक कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् । तर आफूलाई पुरस्कार नचाहिने भनिदिएको प्रचण्डले बताए ।

उनले भने, ‘केही देशभित्रका साथीहरूले जनयुद्ध र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजा र प्रचण्डलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउँछौं भनेर हिंडेका छन् । मैले भनेको छु अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन हिंड्नेहरूलाई धन्यवाद, मलाई अन्तर्राष्ट्रिय पुरस्कार चाहिएको छैन ।’

आफूलाई पुरस्कार नचाहिने बताउँदै उनले भने, ‘शान्तिप्रक्रिया सम्पूर्ण रुपले टुंगिनुपर्यो । यो देश समाजवादतिर लाग्नुपर्‍यो । त्यो ठूलो कुरा हो, पुरस्कार ठूलो कुरा होइन भनेको छु ।’

तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसपछि माओवादी १० वर्षे सशस्त्र जनयुद्ध त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top