जोखिम मोलेर छाङरु पुग्यो जनगणना टोली, तीन दिनमा गणना

६ मंसिर ७८, मंगलबार

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिकंर गाउँको जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाको टोली तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै छाङरु पुगेको छ ।

Advertisement

दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेका अनुसार शुक्रबार खलंगाबाट प्रस्थान गरेको सहायक जनगणना अधिकृत खगेन्द्र कार्की नेतृत्वको टोली सोमबार दिउँसो १२ बजे छाङरु पुगेर जनगणना सुरु गरिसकेको छ । छाङरु र तिकंर दुबै गाउँमा जनगणना गरिसक्न तीन दिन लाग्ने पाण्डेले बताउनुभयो ।

चिसो छल्न तिकंरबासी बेँसी झर्न थालेकोले जनगणना गर्न चुनौती थपिएको छ । जनगणना अधिकृत पाण्डेले भन्नुभयो, केहि स्थानीयहरु चिसो छल्न बेँसी झरिसकेको खबर सुन्नमा आएको छ, त्यहाँका गणक राजेन्द्र कार्की हिड्न नसक्ने भएपछि खलंगामै छन, गणक खटाएर बेँसी झरेका स्थानीयहरुको गणना खलंगामै गरिनेछ ।

Advertisement

व्यास गाउँपालिका–१ बाहेक जिल्लाका अरु वडाहरुको जनगणना कार्य भने अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top