प्रधानन्यायाधीश राणाले तोके १० इजलास, फुलकोर्ट बसेपछि गोलाप्रथा लागू हुने

६ मंसिर ७८, मंगलबार

७ मंसिर, काठमाडौं ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजका लागि १० वटा इजलास तोकेका छन्।

प्रधानन्यायाधीश राणाले आजका लागि ९ संयुक्तसहित एक एकल इजलास तोकेका छन्। आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेसी तोकिएको छ। राणाले आफूलाई भने पेसी तोकेका छैनन्।

प्रधानन्यायाधीश राणाले प्रकाशकुमार ढुंगानाका लागि एकल इजलास तोक्दा न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाशकुमार ढुंगाना, मीरा खड्का र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, डा.आन्नदमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र डा.कुमार चुडाल, प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठ, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र हरिप्रसाद फुँयालका लागि संयुक्त इजलास तोकेका छन्।

आजबाट गोलाप्रथाबाट इजलास तोकिने भनिएको भएपनि प्रधानन्यायाधीशले इजलास तोकेका छन्।

गोलाप्रथा लागू गर्न संशोधन गरिएको सर्वोच्च अदालत नियमावली सोमबार राजपत्रमा प्रकाशित भएसँगै अदालतमा गोलाप्रथाद्वारा पेसी तोक्न बाटो खुलेको छ।

सर्वोच्च अदालतको फुलकोर्टले पारित गरेको नियमावली राजपत्रमा प्रकाशित भएको हो। राजपत्रमा प्रकाशित भएसँगै अब फुलकोर्ट बसेर गोलाप्रथा लागू गर्ने मिति तोकिने छ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गर्दै आएका न्यायाधीशहरुले तत्काल उनको पेसी तोक्ने अधिकार कटौती हुनुपर्ने माग राखेका थिए।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top