सर्वोच्चका सबै न्यायाधीशले राजीनामा गर्नुपर्ने अवस्था देख्छु: केपी ओली

७ मंसिर, काठमाडाैँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सर्वोच्च अदालतका न्यायाधीशहरुमाथि ठूलो प्रश्न उठेकाले सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अवस्था देखेको बताए ।

अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराप्रति संकेत गर्दै कुनै अमूक व्यक्तिले राजीनामा गर्दैमा न्यायिक क्षेत्रको प्रदुषण हटाला ? भनि सम्पादकहरुसामू नै प्रश्न उठाए । उनले अदालतभित्र सेटिङमा सहमत भएर फैसला गरिएको देखिएको, परमादेशको आधारमा आफूलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

अध्यक्ष ओलीले भने, ‘अहिले सर्वोच्च अदालत प्राङगणमा जे भईरहेको छ । सर्वोच्च अदालतभित्र जे भईरहेको छ । यो बहुत दुःखद् छ । र यो टाउको दुखेको औषधि नाईटोमा लाएजस्तो गरेर यसको उपचार हुनेवाला छैन । अमूक व्यक्ति हलानो हटिदिएपछि यो सिलसिला उहाँहरुले त मत देख्छु–सबैले राजीनामा दिनुपर्ने स्थिति देख्छु । उहाँहरुप्रति यत्रो प्रश्न उठेपछि यत्रो सेटिङमा सहमत भएर फैसला गरेको देखिएपछि उहाँहरुले त राजीनामा गर्नुपर्ने हो जस्तो लाग्छ । अनि फलानोले राजीनामा गर्दा हुन्छ भन्ने जस्तो कुराले यसको न्यायिक क्षेत्रको प्रदुषण यति एउटा कुराले हटला ? मलाई त्यस्तो लाग्दैन । लागेको क्यान्सर छ, कुखुराको अण्डा मन्छाउने ? कुखुराको अण्ड मन्छाएर क्यान्सर निको हुन्छ ? त्यसो भएर यसको राम्रै उपचार अप्रेशन, किमो गर्नुपर्ने हुन्छ । हामी चाहन्छौं–निष्पक्ष न्यायालय छ भन्ने सबैले विश्वास गरुन ।’

अध्यक्ष ओलीले आफूहरुले निष्पक्ष न्यायालय छ भन्ने विश्वास सबैले गरुन भन्ने चाहेको पनि स्पष्ट पारे । उनले महाधिवेशनमा सार्वजनिक सवारी साधन सीमित भएकाले सोही अनुसार जनसहभागिता हुने बताए ।

भर्खरको समाचार

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सम्बन्धित समाचार

Scroll to Top