कछुवाको गतिमा विकास पूर्वाधार

७ मंसिर ७८, बुधबार

८ मंसिर, काठमाडौं ।

संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ ।

गत आमनिर्वाचनमा सबै राजनीतिक दल तथा उम्मेदवारले आफ्नो घोषणापत्रमा विकास निर्माण तथा आर्थिक समृद्धिको नारालाई प्रमुख प्राथमिकता दिएका थिए ।

Advertisement

आमनिर्वाचनको चार वर्षसम्म आइपुग्दा समृद्धि तथा विकास निर्माणको दिशामा दलहरू अघि बढेको पाइएको छैन । राजनीतिक दलहरूले पछिल्ला दिनमा विकास र समृद्धिको नारालाई बिर्सिएर पुनः राजनीतिक जोड घटाउमा लाग्दा विकास निर्माणको काम ओझेलमा पर्न थालेको छ ।

पछिल्ला दिनमा प्रमुख दलहरू आफ्नो पार्टीको महाधिवेशनमा होमिएका छन् । प्रमुख राजनीतिक दलले वडा तथा पालिका हुँदै महाधिवेशनको तयारी गरिरहँदा विकास निर्माण तथा समृद्धिको नारालाई समेत प्राथमिकता दिन छाडेका छन् ।

गत आमनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विकास र समृद्धिको नारा दिएर संयुक्त रूपमा संघ तथा प्रदेशमा उम्मेदवारी दिएका थिए । सो निर्वाचनबाट करिब दुई तिहाइ बहुमत हासिल गर्दै दुई पार्टी एकता गरेर एकल बहुमतको सरकार गठन गरेका थिए ।

सरकार गठनसँगै विकास पूर्वाधारका कतिपय कामले गतिसमेत लिन थालेको थियो । दुई पार्टी एकताबाट बनेको नेकपाभित्र विवाद सिर्जना भएसँगै पार्टी टुटफुटमा परिणत बने भने त्यससँगै विकास निर्माणमा असर पर्न थालेको थियो । नेकपाभित्रको विवादसँगै विकासको गति पुरानै स्थितिमा आएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

हाल चक्रपथको दोस्रो चरणको विस्तार, धरहरा पुननिर्माणसहित प्राथमकितामा परेका आयोजना तथा राष्ट्रिय गौरवका आयोजनाको काममा पनि ढिलासुस्ती हुन थालेको छ । बाढीका कारण क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको काम पनि सुस्त गतिमा अघि बढेको पाइएको छ । खानेपानी मन्त्रालयले अहिले आएर करिब डेढ अर्ब बजेट माग गर्न थालेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफू मातहतका विकास निर्माणमा आवश्यक चासो नदेखाएको पाइएको छ । सहरी विकास मन्त्रालयलगायत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयको प्रगति पनि सन्तोषजनक नरहेको पाइएको छ । राजनीतिक अस्थिरतासँगै प्रदेश सरकारहरू परिवर्तन भएका छन् स्थानीय तहसम्मै विकास निर्माणमा असर परेको पाइएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, मुख्य सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्र अहिले पार्टीको महाधिवेशनमा हामिएका छन् ।

पार्टीले महाधिवेशन घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका नेताहरू सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउनुभन्दा पनि पार्टी कामलाई बढी प्राथमिकता दिन थालेका छन् ।

प्रधानमन्त्री स्वयं सरकारका कामकारबाहीभन्दा पार्टी काममा बढी समय खर्चिएको पाइएको छ । सरकारमा सहभागी मन्त्रीहरू समेत पार्टीको सभा सम्मेलन तथा गोष्ठी उद्घाटनलगायतका काममा बढी सक्रिय देखिएका छन् ।

सरकारमा सहभागी मन्त्रीहरू भने सरकारले विकास निर्माणको कामलाई उत्ति नै प्राथमिकतामा राखेको बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माले सरकारको उच्च प्राथमिकता विकास निर्माण रहेको बताएका छन् ।

पार्टी संगठन विभाग प्रमुखसमेत रहेका अर्थमन्त्री शर्माले पुँजीगत वृद्धि तथा विकास निर्माणको कसरी प्रभावकारी बनाउन सकिन्छ ? भनेर आवश्यक छलफलसमेत गर्दै आएका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top