न्यायालयको क्यान्सर धामीले मन्साएर निको हुँदैन : अध्यक्ष ओली

न्यायालयको क्यान्सर धामीले मन्साएर निको हुँदैन : अध्यक्ष ओली

८ मंसिर, काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा लागेको क्यान्सर धामीले मन्साएर निको नहुने बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँमा आज आयोजना गरेको साइबर सर्कल घोषणा कार्यक्रममा अध्यक्ष ओलीले क्यान्सर लागेको न्यायालयमा अप्रेसनको आवश्यकता भएकाले धामीले मन्साएर निको नहुने टिप्पणी गरेका हुन्।

उनले भने, ‘न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, तर त्यसको उपचार कसरी खोजिदैछ भने धामी बोलाएर, कुखुराको अण्डा ल्याएर,… दुनामा लगेर मन्सिने । त्यो विचरा अण्डा मन्साएर क्यान्सर निको हुन्छ ?’

ओलीले अघि भने, ‘अपरेसनको आवश्यकता छ । किमोको आवश्यकता छ । विमार त्यो तहमा पुगसिकेको छ ।’ अध्यक्ष ओलीले महाभारतका पात्र अस्वस्थमाले फालेको अस्त्र आफैलाई फर्किएको उदाहरण दिँदै अदालतले एमालेलाई हानेको ब्रम्हअस्त्र पाँच दलीय गठबन्धनलाई फर्केको आरोप लगाए।

अध्यक्ष ओलीले युवाहरूलाई राष्ट्र निर्माणमा सहभागी हुन आग्रह गर्दै सूचना प्रविधिको दुरुपयोग गरी राजनीतिलाई विकृत बनाउने, राष्ट्रिय एकतालाई कमजोर पार्ने र समाजलाई विभाजित गर्ने प्रयासलाई साइबर सर्कलले रोक्नुपर्ने बताए ।

अध्यक्ष ओलीले विभिन्न पाटीमा रहेका देशभक्त, आधुनिक विचार भएका नेता कार्यकर्तालाई एमाले पाटीमा आई देश बनाउने अभियानमा सहभागी हुन समेत आग्रह गरे।

कार्यक्रममा नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमालेको दशौँ महाधिवेशनले सही नीति र सही नेतृत्वका लागि अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत स्थापित गर्ने विश्वास व्यक्त गरे । युवा सङ्घ नेपालले मदन भण्डारीको संयोजकत्वमा साइबर सर्कन गठन गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.