एक महिनामा झन्डै ५५ हजारले लिए श्रम स्वीकृति

८ मंसिर ७८, बिहीबार

काठमाडौं : वैदेशिक रोजगारीमा जानेको संख्या क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत कात्तिक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा संस्थागत रूपमा विभिन्न म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

कात्तिकमा व्यक्तिगत प्रक्रियामार्फत विभिन्न देश जान १ हजार २ सय ६७ जनाले वैदेशिक रोजगारीको श्रम स्वीकृति लिएका छन् । सो अवधिमा वैधानिक माध्यमबाट १ हजार ४२ जना, पुनः श्रम स्वीकृतिमार्फत २४ हजार ९ सय ४७ जना गरी संस्थागत र व्यक्तिगततर्फबाट कुल ५४ हजार ९ सय १८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् ।

यो तथ्यांक अघिल्लो महिनाको भन्दा झन्डै दुई गुणा हो । अघिल्लो महिना गत असोजमा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना कामदारले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । उनीहरू पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका हुन् । त्यसमा महिला कामदारको संख्या २ हजार १ सय ८३ रहेकोे छ ।

विभागको प्रगति विवरणअनुसार कात्तिक महिनामा ६ सय ५ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि नेपाली कामदार पठाउन श्रम स्वीकृति निकालेका थिए । यसैगरी, अघिल्लो महिना गत असोजमा ५ सय ६८ म्यानपावरले वैदेशिक रोजगारमा कामदार पठाएका थिए । त्यसमध्ये सबैभन्दा बढी साउदी अरबमा १२ हजार ३ सय ३ जनाको श्रम स्वीकृति भएको थियो । असोजमा साउदी अरबका लागि १३ हजार ३ सय ४८ जनाको श्रम स्वीकृति भएको थियोे । साउदी अरबपछि अघिल्लो महिनाजस्तै कतार जानेको श्रम स्वीकृति भएको थियो । असोजमा कतारजाने ७ हजार ६ सय ८५ जनाले श्रम स्वीकृति लिएकोमा कात्तिकमा ८ हजार ४ सय ८० जनाको श्रम स्वीकृति भएको छ ।

यसैगरी, यूएई जाने नेपाली कामदारको संख्या पनि अघिल्लो महिनाको भन्दा केही बढेको छ । असोजमा ३ हजार १ सय ६ जनाले यूएई जान श्रम स्वीकृति लिएकोमा कात्तिकमा ५ हजार १ सय २५ जनाले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा मलेसियामा संस्थागत रूपमा एक जनाको पनि श्रम स्वीकृति भएको छैन भने व्यक्तिगत रूपमा ८२ जनाको श्रम स्वीकृति भएको विभागले जनाएको छ ।

विभागकाअनुसार अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम कात्तिकमा पनि देखिएको छ । असोजमा २ सय ९ जनाको रोमानियाका लागि श्रम स्वीकृति भएकोमा कात्तिकमा २ सय ५० जनाको श्रम स्वीकृति भएको छ । सो अवधिमा ओमान जाने कामदारको संख्या भने केही घटेको छ । असोजमा ३ सय १३ जनाको श्रम स्वीकृति भएको ओमानमा कात्तिकमा २ सय ६२, मौरिससमा ९ जना, कुवेतमा १ सय ५८ जना, माल्दिभ्समा १२ जना, जोर्डनमा १४ जना, साइप्रसमा ३ सय ४० जना, बहराइनमा ७ सय ४७ जनाले संस्थागत एवं म्यानपावर कम्पनीमार्फत् श्रम स्वीकृति लिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार हाल दैनिक रूपमा २२ हजारभन्दा बढी हवाई यात्रुहरूले आवतजावत गरिरहेका छन् ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top