नेपालगन्ज विमानस्थलमा बुद्ध एयरको जहाज स्यालसँग ठोक्कियो

९ मंसिर, नेपालगञ्ज।

Advertisement

काठमाडौंंबाट नेपालगञ्ज आएको बुद्ध एयरको एब्रो जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा स्याल ठोक्किएको छ । बुधबार सांझ ७ बजेर ५ मिनेटमा विमान अवतरण गरिरहेको बेला धावनमार्गमा स्यालसँग ठोक्किएको नागरिक उड्यन कार्यालय नेपालगञ्जले जनाएको छ ।

बुद्ध एअरको विमान अवतरण गरेर धावनमार्गमा दौडिरहेको बेला स्यालसंग ठोक्किएको र विमान तथा यात्रुहरु सबै सुरक्षित रहेको सो कार्यालयका प्रमुख सुभाष झाले जानकारी दिए । उनले सो विमान अवतरण गरे लगत्तै श्री एअरको विमान समेत अवतरण गरेको जनाउँदै धावनमार्गमा गएर हेर्दा स्यालका शरीका भागहरु टुक्रा भएको अबस्थामा फेला परेको बताए ।

Advertisement

सो घट्ना पश्चात एक घण्टासम्म विमानस्थलबाट कुनै उडान नगरिएको  विमानस्थलले जनाएको छ । स्याल ठोक्किएको विमानको परीक्षण गरेर मात्रै उडान गरिने उक्त कार्यालयले जनाएको छ ।

स्याल ठोकिदा जहाजको नोजल गेयरमा समस्या आएकोले जनाइएकाे छ। दुई साता अघि मात्र नेपालगञ्जबाट मुगु उडानको लागि धावन मार्गमा दौडीरहेको सीता एयरको टुइनेटर जहाजमा तीन वटा बँदेल ठोक्किएका थिए ।

Advertisement

सो घट्नापछि धावनमार्ग वरिपरिको घाँस र झाडीलाई सफा गरिएपनि अहिले फेरी जहाज स्यालसँग ठोक्किएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top