भीम रावलले विरोध गरेपछि रोकियो ओलीले दिने भनेको रात्रिभोज

९ मंसिर, काठमाडाैँ ।

Advertisement

दसौं महाधिवेशन क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोजना गर्ने भनिएको रात्रिभोज स्थगित भएको छ। मंगलबारको स्थायी कमिटीमा उपाध्यक्ष भीम रावलले विरोध गरेपछि ओलीले मंसिर ११ गते सौराहामा दिने भनिएकाे रात्रिभोज स्थगित गरिएकाे हाे ।

ओलीले मंसिर ११ गते महाधिवेशन प्रतिनिधिका लागि रात्रिभोज आयोजना गर्ने भनेका थिए। एक स्थायी कमिटी सदस्यका अनुसार रावलले महाधिवेशन प्रतिनिधिलाई प्रभावित पार्ने गरी रात्रिभोज दिन नहुने तर्क गरेका थिए।

Advertisement

एमालेको दसौं महाधिवेशनका लागि रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। ओलीले उम्मेदवारीको औपचारिक घोषणा भने गरेका छैनन्।

समकालीन नेताहरू बाहिरिएपछि ओली पार्टीमा निर्विकल्प बनेका छन्। तर वर्तमान उपाध्यक्ष रावलको उम्मेदवारी कायमै रह्यो भने उनी सर्वसम्मत हुन पाउने छैनन्।

Advertisement

ओलीले आफू निर्विरोध चुनिने आकलन गरेर रात्रिभोज आयोजना गर्ने तयारी गरेको बताइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top