मेरो चाहना महासचिव वा त्यो भन्दा माथि हो : सुरेन्द्र पाण्डे

मेरो चाहना महासचिव वा त्यो भन्दा माथि हो : सुरेन्द्र पाण्डे

९ मंसिर, चितवन ।

एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महासचिव पदमा आफ्नो दावी रहेको संकेत गरेका छन् । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँगकाे कुराकानीमा  पाण्डेले विगतमा पनि आफू महासचिवको उम्मेदवार रहेको उल्लेख गर्दै महासचिव वा त्यो भन्दा माथी जाने चाहाना रहेको बताएका हुन् ।

अहिलेसम्म औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरेका पाण्डेले कुन पदमा आफूले उम्मेदवारी दिने भन्ने चितवनमा नै टुंग्याउने बताए । उनले भने, ‘यहि पद भनेको छैन । सहमतिमा टुंगो लाग्छ । म हिजो के मा थिए सबैलाई थाहा छ त्यहि अनुसार हुन्छ ।’

पाण्डे नवौं महाधिवेशनमा  ईश्वर पोखरेलसँग महासचिवमा पराजित भएका थिए । पाण्डले १० औं महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने पनि बताए ।

१५ जना पदाधिकारीमा धेरै आकाक्षी रहेको स्वीकार बताउँदै उनले अधिवेशनबाट केही पद सिर्जना गर्न सक्ने संकेत पनि गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.