गुन्डा नाइके अभिषेक गिरी आइछाडे मोरङ कारागार

९ मंसिर, विराटनगर ।

चन्दा असुली, गुन्डागर्दी र अपहरणको मुद्धामा जेल सजाय काटिरहेका कैदी बन्दी हुन् अभिषेक गिरी । उनी केही महिना यता चर्चामा छन् । राजनीतिक संरक्षणको आडमा आफूलाई अनुकुल र सहज भएको कारागारमा उनी बस्दै आएका छन् । त्यही पनि चौकीदारका रुपमा । उनकै कारण मोरङ जिल्ला कारागार गएको भदौ महिना यता निकै नै अशान्त बन्दै आएको छ ।

विराटनगर घर भएका गुन्डा नाइके गिरीलाई विराटनगरको हाटखोला स्थित जिल्ला कारागार ल्याउने निर्णय भएसँगै कारागार निकै अशान्त बन्दै गएको थियो । उनलाई मोरङमा ल्याउन नहुने भन्दै कैदीबन्दी र उनका आफन्त नै आन्दोलनमा उत्रिएका थिए । उनी आउने डरमा सजाय काटिरहेका कारागार भित्रका कैदीहरु निकै त्रसित बनेको उनीहरुका आफन्तले बताए । तर उनीहरुको गुनासो कसैले सुनेन ।

आन्दोलन र असन्तुष्टिका बीच प्रशासनले गिरीलाई विहीबार विहान कारागार प्रवेश गराएको छ । विराटनगर घर भएका गिरी मोरङमा राजनीतिक नेताको सहयोगको आडमा ठेक्कापट्टा, चन्दा असुली र गुन्डागर्दीमा र अपहरणमा समेत संलग्नको मुद्धामा सजाय काटिरहेका छन् । गिरीलाई यसअघि मोरङ जिल्लाबाटै डिल्लीबजार कारागारमा सरुवा गरिएको थियो । तत्कालीन समयमा पनि उनलाई राजनीतिक दबाबमा नै सरुवा गरिएको बताइन्छ ।तर मोरङ जेलबाटै फिरौती र व्यवसायीसँग असुली धन्दा चलाएको आरोपमा २०७४ चैत २३ गते डिल्लीबजार कारागार सरुवा गरिएको थियो । ४ वर्षअघि मोरङ करागाराबाट सरुवा गरी काठमाडौंस्थित डिल्ली बजार कारागार लगिएका गिरीलाई अहिले सरकार परिवर्तन भई काँग्रेसको सरकार बनेपछि मोरङ ल्याउन पार्टीका नेताहरुले दबाव दिँदै आएको खुलेको थियो ।

काँग्रेससँग नजिक रहेका गिरीलाई पार्टीका नेताहरुले मोरङ सरुवा गरी ल्याउन दबाव दिएपछि भदौ १७ गते विराटनगर ल्याउने निर्णय भएको बताइन्छ । सोही निर्णय पछि डिल्ली बजार कारागारबाट गिरीलाई २०७८ कात्तिक १६ गते मोरङ कारागार ल्याइएको थियो । मोरङमा कारागारमा पहिले गिरी चौकीदार थिए । गिरीलाई फेरि चौकीदारको हैसियतमा फर्काउन सरुवा गरिएको आशंका गरिएको छ । तर, कारागारभित्रका कैदीबन्दीहरु यति सम्म त्रसित थिए उनिहरुले कारागार भित्रैबाट आफन्त र मिडियाकर्मिहरुलाई गिरीलाई कारागार प्रवेश नगराउन हारगुहार गरिरहेका थिए । कैदीबन्दीका आफन्तहरु कारागारको गेट बाहिर गिरीविरुद्ध प्रदर्शनका उत्रिएकै कारण गिरिले त्यस बेला प्रवेश पाएनन्। प्रदर्शनबाट अवरोध भएपछि गिरीलाई जिल्ला कारागार सप्तरी पठाइएको थियो ।

आफन्तकै आक्रोश सहितको प्रदर्शन पछि उनलाई सप्तरी पठाइए पनि पुनः गिरीलाई २०७८ मंसिर ९ मा बिहान ४ बजे सरकारको ठाडो निर्देशन र संरक्षणमै विराटनगर ल्याएर कारागार भित्र प्रवेश गराइएको छ । कैद भुक्तान गरिरहेका गिरीलाई मोरङ नै किन ल्याउनुपर्याे भन्ने यथेस्ट कारण प्रशासनसँग छैन् । आफन्तको दबाबमै मोरङ कारागारमा सरुवा भएर पनि प्रवेश नपाएपछि कारागार भित्र अनेकौं झमेला देखिएका थिए । भदौ यता कारागार भित्रै सजाय काटिरहेका दुई कैदीबन्दीको मृत्यु समेत भएको थियो । गिरीलाई सप्तरी कारागारमा राखिए पछि सहज रुपमा कारागार प्रवेश गराउनु पर्ने माग राख्दै उनी समर्थक कांग्रेसका नेता कार्यकर्ताले मोरङ कारागार अगाडि प्रदर्शन समेत गरेका थिए । ४०÷५० जनाको संख्यामा रहेका प्रदर्शनकारीले कारागार प्रशासन र कारागारका चौकीदार कात्तिक कामतलगायतका कैदीबन्दीविरुद्ध नाराबाजी गरेका थिए । कारागारभित्रै कैदबन्दीबीच झड्प भएको थियो झडपमा परी आधा दर्जन बढी कैदीबन्दी घाइते भएका थिए ।

कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कात्तिक २३ गते कैदीबन्दीहरू आन्दोलित भएपछि गुरूङसहित १४ जनालाई अन्य जेल सरुवा गरिएको थियो । कारागार विभागको निर्देशनमा चौकीदार गुरुङसहित पाँच जनालाई सुनसरीको झुम्का कारागारमा र नौं जनालाई झापा जिल्ला कारागारमा सरुवा गरेको थियो । चौकीदार गुरुङको सरुवा भएपछि तत्कालका लागि कार्तिक कामतलाई चौकीदारको जिम्मेवारी दिएको थियो । ज्यान मार्ने उद्योगमा जेल परेका कामत मोरङ कारागारमा १७ वर्षदेखि रहदै आएका छन् । कारागारभित्र चौकीदारले नाइके र भाइ नाइके चयन गर्दछन् । १० जना कैदीबन्दी बराबर एक जना भाइनाइके, २० देखि २५ जना कैदी बन्दी बराबर नाइके बन्ने व्यवस्था छ । कारागारभित्र नाइके र भाइ नाइकेहरूले चौकीदारको निर्देशनअनुसार कैदीबन्दीहरू आफ्नो पकडमा राख्ने गर्दछन् । मोरङ कारागारमा ८९७ जना पुरुष कैदीबन्दी रहेका छन् । जसमा ७२ महिला रहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top