×

NEPAL TIMES UPDATES

Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026

कांग्रेस सभापतिमा उम्मेदवारी दिने निधिको घोषणा, यस्तो छ घोषणापत्र [पूर्णपाठ]

९ मंसिर २०७८

९ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी महाधिवेशनमा सभापतिको लागि उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडाैँमा पत्रकार सम्मेलन गरी उनले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्। उनले सञ्चारमाध्यमहरुसँग आफ्नो उम्मेदवारीबारे यसअघि नै बोलिसकेका छन्।

Advertisement
Advertisement

उम्मेदवारी घोषणा कार्यक्रममा निधिले प्रतिबद्धता र योजना पनि सार्वजनिक गरेका छन्। उनले भने, ‘पार्टीभित्र विकसित गुट-उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरुलाई ऐक्यबद्ध रुपमा पार्टीको लक्ष्यउन्मुख गराउने ।’

निधि लामो समयसम्म वर्तमान सभापति शेरबहादुर देउवाको टिममा थिए। तर, १३औं महाधिवेशनमा देउवालाई आफूले सघाउने र १४औंमा देउवाले आफूलाई सघाउने भनिएको भए पनि देउवाले आफैं उम्मेदवार हुन अघि सरेपछि निधि पनि अघि बढेका हुन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।

निधिको घोषणापत्र :

-वैचारिक रुपमा स्पष्ट काँग्रेस, गतिशील काँग्रेस, जनतासँग जोडिने काँग्रेस
-संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने काँग्रेस
-नेपाली काँग्रेसको १४ औं महाधिवेशन
-पार्टीसुदृढीकरण र आगामी निर्वाचनमा काँग्रेसको बहुमतका लागि
-केन्द्रीय सभापति पदका उम्मेदवार विमलेन्द्र निधिको

प्रतिबद्धता र योजना
आदरणीय महाधिवेशन र महासमितिका साथीहरू,
हिमाल, पहाड, तराई–मधेसका विभिन्न जिल्लाबाट विविध धर्म, संस्कृति र समुदायबाट समेत प्रतिनिधित्व गर्दै निर्वाचित भएर आउनु भएका तपाईंसम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरू र महासमिति सदस्य साथीहरूलाई बधाई दिन्छु र जय नेपालको हृदयध्वनिले हार्दिक स्वागत गर्दछु। यस अवसरमा म नेपालको लोकतान्त्रिक विचारका प्रथम नेपाली भाष्यकार जननायक बीपी कोइराला, आन्दोलनको विशिष्ट क्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, लोकतान्त्रिक गणतन्त्र प्राप्तिको नेतृत्व गर्ने गिरिजाप्रसाद कोइराला र वर्तमान संविधान निर्माणको नेतृत्व गर्ने सुशील कोइरालासहित विभिन्न क्षेत्र र समुदायबाट अनेक कष्ट झेल्दै जीवन समर्पण गर्ने सम्पूर्ण लोकतान्त्रिक योद्धाहरूप्रति सम्मान प्रकट गर्दछु। अहिंसा, शान्ति,सामाजिक न्याय, समुदायका बीच सद्भाव र लोकतन्त्रको मार्गमा मलाई उत्प्रेरित गर्नु हुने मेरा पिताजी महेन्द्रनारायण निधिलाई यतिबेला सादर स्मरण गर्न चाहन्छु। नेपाली काँग्रेसको ७६ वर्षको कष्टकर यात्रामा जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरूप्रति म श्रद्धासुमन अर्पण गर्दछु।

आफ्नो विगतलाई फर्केर हेर्दा मैले १३–१४ वर्षको किशोर वयदेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा करीव ५३ वर्ष सक्रियतापूर्वक व्यतित गरिसकेको छु। लोकतन्त्र प्राप्तिकालागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै मैले जेलनेलको लामो शृंखला अनुभव गरेको छु। विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु। परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु।

मैले सभापति पदमा उम्मेदवारी प्रस्तुत गर्दै गर्दा केही निश्चित परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधार समेतलाई केन्द्रविन्दुमा राखेको छु।

परिकल्पना
नेपाली काँग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यवस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा पुनस्र्थापित गराउने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउने र तीनवटै तहको आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमतका साथ विजयी गराउने।

नेपाली काँग्रेसमा रुपान्तरण,पुस्तान्तरण र पुस्ताहस्तान्तरण प्रकृयालाईसहजीकरण गर्ने।

नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली काँग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने।

देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने।

जातीय, सांस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खसआर्य, अल्पसंख्यक, अपाङ्गता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिङ्गीलगायत सबैलाई सम्मानका साथ नेपाली काँग्रेसमा सक्रिय गराउने र समुदायका बीच थप सद्भाव कायम गर्ने।

सुन्दर फूलवारी जस्तो विविधतापूर्ण समाजले अवलम्वन गर्दै आएको भाषा, साहित्य, कला, संस्कृति, धर्म र सम्पदाको संरक्षण गर्न नेपाली काँग्रेसका सम्पूर्ण तहगत समितिहरू र सदस्यहरूलाई सक्रिय बनाउने।

भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र नेपाली जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउदै देश र जनताको सेवामा विशेष सक्रिय गराई वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउने।

विदेशको रोजगारीमाश्रम खर्च गरिरहेका, अध्ययनको आकांक्षाले विदेशमा पुगेका र विभिन्न कारणबाट विदेशमा रहेका सबै क्षेत्रर वर्गका नेपालीहरूको हित संरक्षणमा पार्टीले उचित पहल गर्ने र गरिरहने।

हिमाल, पहाड, तराई–मधेसमा वसोवास गर्ने किसान र श्रमजीवी, विभेदमा परेका र सीमान्तकृत नागरिकको दुःखको साथी नेपाली काँग्रेसलाई बनाउने र उनीहरूको हितप्रबद्र्धनमा सिंगो पार्टीपंक्तिलाई परिचालन गर्ने।

विगतमा भएका अनेक क्रुर हिंसाको मारमा परेका, आज पनि हिंसाबाट अन्यायमा परेका, वेपत्ता भएका वा पारिएका, अनगिन्ती नेपालीका परिवारको आँशु रोकिएको छैन। न्यायका लागि निरन्तर करुण क्रन्दन सुनिरहेको अवस्था छ। ती करुण पुकारलाई सुन्न राज्यलाई नेपाली काँग्रेसले बाध्यपार्ने क्षमताको विकास गर्ने ।

ध्येय
उपरोक्त परिकल्पनालाई साकार गराउन निम्न ध्येयहरू समयवद्ध प्रक्रिया अपनाई ५ बर्षको समयावधिभित्र पूरा गर्ने प्रतिबद्धता गर्दछु।

नेपाली काँग्रेसको केन्द्रीय सचिवालय र पुस्तकालयलाई व्यवस्थित गरी आन्तरिक कर्मचारी प्रशासनलाई समयोचित सुधार गर्ने।

प्रदेश, जिल्ला, क्षेत्र र पालिकाका पार्टी सचिवालय सञ्चालनलाई चुस्त, दुरुस्त गराउने र नियमित सम्पर्क र सम्वाद तथा सूचना आदानप्रदान गर्ने वातावरण निर्माण गर्ने।

लोकतान्त्रिक आन्दोलनका शहीद र नेपाली काँग्रेसमा रहेर योगदान गर्नुभएका अग्रजहरूको सम्मान र स्वदेशप्रेमको भावना वृद्धि गर्न विद्यालयहरूमा लोकतन्त्र ज्ञान परीक्षा र नेपाल ज्ञान परीक्षा सञ्चालन गर्ने र विभिन्न खेलकूद, साहित्यिक कार्यक्रम, विद्यालय, स्वास्थ्यशाला, बाटो आदिको नामाकरण गरी स्मृतिसम्मानलाई चिरस्थायी राख्ने।

समकालीन साथीहरूको संरक्षण र नयाँ पुस्ताको नेतृत्व विकास तथा प्रवद्र्धनका साथ काँग्रेसलाई गतिशील र व्यवस्थित पार्टीको रूपमा विकसित गर्ने।

लोकतान्त्रिक आन्दोलनका शहीद परिवार, घाइते र विस्थापित हुनुभएका नेपाली काँग्रेसका साथीहरूलाई उचित सम्मान र सहयोग प्रदान गर्ने।

नेपाली काँग्रेसका सदस्य साथीहरूलाई उद्यमशील, कर्मशील, आत्मनिर्भर र स्वरोजगार बनाउन चरणबद्ध कार्ययोजनाहरू बनाउने।

विदेशमा पसिना चुहाउन विवश युवाहरूलाई स्वदेशमा नै रोजगार सृजना गर्न समयबद्ध योजनाहरू बनाउने।

पार्टीका सदस्यहरूमा पठन संस्कृतिको विकास गर्न वडा तहदेखि जिल्ला तहमा समेत काँग्रेस पुस्तकालय स्थापना गरी पार्टी साहित्य अध्ययनलाई सम्पूर्ण तहमा अनिवार्य गराउने।

नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई संस्थागत विकास गरी अनुसन्धानलाई महत्व दिंदै सूचना प्रविधिको प्रयोग समेतलाई समावेश गरी वडा तहसम्म प्रशिक्षण गर्ने र अनुशासित, इमानदार सदस्यहरूलाई प्रोत्साहित गर्ने।

नेपाली काँग्रेसको सभापतिका रूपमा पार्टीको आर्थिक पारदर्शिता र सुशासनलाई पूर्ण पालना गर्ने र गराउने।

पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरूलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउने।

विशेषगरी युवाहरूलाई आत्मसम्मानकासाथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्ने।

सम्पूर्ण तहका साथीहरूको र सबै तहका कार्यक्रमहरूको अभिलेखीकरण र मूल्याङ्कन गरी नेपाली काँग्रेसभित्र अन्याय हुन नदिन र विभेदको अन्त्य गरी बन्धुत्वपूर्ण संस्कृति विकास गर्ने।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन प्रणाली, धर्मनिरपेक्षता, अहिंसा र शान्तिका आधारभूत मान्यतासहित बनेको संविधान र राजनीतिक प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न र आम रुपमा सुशासनको विशेष अनुभूति गराउन पार्टीलाई परिचालित गर्ने।

संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने।

उद्देश्य
उपरोक्त ध्येय प्राप्त गर्न पाँच बर्षभित्र प्राप्त गर्ने संरचनागत सुधारका उद्देश्य।

पार्टीभित्र नेतृत्व विकास,रुपान्तरण, पुस्ताहस्तान्तरण र पुस्तान्तरणलाई सहज बनाउन पार्टीका कुनै पनि एउटै तहमा वा पदमा दुई पटक भन्दा बढी निर्वाचित वा मनोनित नहुने व्यबस्था गर्न पार्टीको विधान संशोधन गर्ने।

नेपाली काँग्रेसले आफ्नो स्थापनाकालदेखि नै नेपाली समाजलाई समतामूलक लोकतान्त्रिक समाजमा रुपान्तरण गर्ने घोषित उद्देश्यको कार्यान्वयनका लागि वडा, पालिका, प्रदेश र केन्द्रीय स्तरमा नै समाज रुपान्तरण सम्बन्धी उपयुक्त कार्यक्रमहरू तर्जुमा गरी संचालन गर्ने, गराउने।

पार्टीका जिल्ला सभापतिहरूको १२–१३ जेठ, २०७७ मा नुवाकोटको ककनीमा सम्पन्नभेलाले पार्टी सुदृढीकरणका लागि सिफारिस गरेका संपूर्ण सुझावहरूलाई विधानमा समेत सुधार गरी पार्टीमा लागू गर्ने।

पार्टीका वडा, पालिका तथा प्रदेश स्तरमा उदाहरणीय र लोकप्रिय कार्यक्रम संचालन गरेका पार्टीका निर्वाचित जनप्रतिनिधिहरूको पार्टीबाट यथोचित मूल्यांकन गर्ने संस्थागत परिपाटी सुरु गर्ने।

पार्टीका सवै तहका निर्वाचित जनप्रतिनिधिहरूलाई लक्षित गरी योजना तर्जुमा तथा कार्यान्वयन, सुशासन, सहकारिता, समन्वय तथा पार्टीका विविध बिषयहरू बारे नियमित रुपमा प्रशिक्षण शिबिरहरू संचालन गर्ने र सहकारी अभियानलाई तीव्रगराउदै पार्टीका सदस्यहरूलाई अभियानमा उत्प्रेरित गर्ने।

पार्टीले के कस्ता नीति तथा कार्यक्रमहरू केन्द्रीय, प्रादेशिक तथा स्थानीय स्तरमा संचालन गर्दा उपयुक्त हुन्छ सोको निर्धारण, कार्यान्वयन, अनुगमन र मूल्यांकनको कार्य नियमित गर्ने केन्द्रीय संयन्त्रको व्यवस्था गर्ने।

देशको भूराजनीतिक यथार्थता तथा आवश्यकतालाई मध्यनजर गर्दै पार्टीले छिमेकी मित्रराष्ट्रहरू भारत र चीनसँगको सम्बन्धलाई थप मजवुत बनाउने र नेपालको विकास तथा लोकतान्त्रिक प्रक्रियामा सहयोगी अन्य मित्रमित्रराष्ट्रहरूसँगको सम्बन्ध सुमधुर गराउने।

संविधानमा उल्लेख भएका तर कार्यान्वयन हुन नसकेका नेपाल प्रहरी र निजामती सेवासम्बन्धी प्रदेशको अधिकार स्थापित गर्न तथा भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गराउने।

पार्टीले सोसलिष्ट इन्टरनेशनलसहित समान विचारधारा र नेपालको हित चाहने विभिन्न देशका राजनीतिक दलहरूसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने।

अन्य सुधारहरू
पार्टीको केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय निकायसम्म जनताका पीरमर्का सुनी, बुझी यथाशीघ्र सम्बन्धित निकायमा पुर्याउन जय नेपाल गुनासो सेवा प्रारम्भ गर्ने।

पार्टीका पुराना नेता तथा कार्यकर्ताहरूलाई आ–आफ्ना गाउँठाउँमा उनीहरूकै रुची र सहभागितामा उपयुक्त कार्यक्रमहरू संचालन गर्ने। यसका लागि पार्टीका स्थानीय, जिल्ला र प्रदेश इकाईहरूलाई परिचालन गर्ने।

वायुप्रदूषण घटाउन, पर्यावरणको संरक्षण गर्न, आफ्नो परिवार र समाजलाई शिक्षा, स्वास्थ्य र सरसफाईमा उत्प्रेरित गर्न पार्टीका सदस्यहरूमार्फत सक्रिय सामाजिक अभियान चलाउने र जलवायु सम्बन्धी अन्तराष्ट्रिय महासन्धीलाई कार्यान्वयन गर्न सभापतिको हैसियतले मेरो यसमा पूर्ण सहयोग र समर्थन रहने छ।

आजको संसारमा सूचना र संचारको महत्वपूर्ण योगदान रहेको छ। म यसवेला तमाम संचारकर्मी मित्रहरूले मलाई दिनु भएको स्नेह र सहयोगकालागि कृतज्ञता प्रकट गर्दछु। नेपाली काँग्रेस पार्टीका तर्फबाट संचार क्षेत्रको विकास र संचारकर्मीको वृत्तिविकासमा विशेष पहल गर्नेछु।

समग्रमा नेपाली काँग्रेसमा स्वभाव, आचरण र व्यवहारमा सुधार गरीजनतासँग काँग्रेस र काँग्रेससँग जनता व्यावहारिक रूपमा सिद्ध गर्ने।

रूख चिन्हसँग मतदातालाई र चारतारे झण्डासँग जनतालाई जोड्ने।

उल्लिखित प्रतिबद्धतालाई सार्थक गराउन नै मेरो उमेदवारीको अभिष्ट रहेको छ। मैले मेरो उमेरको करीव ५३ वर्ष स्वस्फूर्तरुपमा नेपालको लोकतान्त्रिक आन्दोलनमा व्यतित गरेको छु। नेपाली काँग्रेस जस्तो गौरवशाली पार्टीको यस ऐतिहासिक १४औं महाधिवेशनमा हिमाल, पहाड, तराई–मधेस, पूर्वपश्चिमबाट अनेक कठिनाई झेल्दै सहभागी पार्टीका अग्रज, समकालीन र नवीन युवापुस्ताका साथीहरूले म माथि पूर्ण बिश्वास गर्नुहुने छ, रविवेकपूर्ण र तर्कपूर्ण मूल्यांकनका आधारमा सभापतिपदमा मलाई मतदान गरी विजयी गराउनु हुनेछ भन्ने बिश्वास गरेको छु।धन्यवाद।

९ मंसिर २०७८ जयनेपाल।

विमलेन्द्र निधि

Advertisement

पाँच दशकदेखिको राजनीतिक यात्रा
– २०१२ साल, धनुषा जिल्लाको नगराईन।
– पिता महेन्द्रनारायण निधि र माता प्रेमसागरीदेवी।
– शिक्षाः राजनीतिशास्त्रमा स्नातकोत्तर।
– २०२७ सालमा नेपाल विद्यार्थी संघको सदस्य।
– सरस्वती हाइस्कुल धनुषामा १४ बर्षको उमेरमा कक्षा १० मा पढ्दा २०२६ सालमा पहिलो पटक गिरफ्तार।
– २०२९ सालमा रारा बहुमुखी क्याम्पस जनकपुरको स्ववियू सचिव।
– नेविसंघ धनुषाको सचिव।
– २०३३ सालमा स्नातक अध्ययनरत रहँदा तेस्रो पटक गिरफ्तार, १८ महिना जेल जीवन।
– नेवि संघको केन्द्रीय सदस्य।
– २०३६ सालमा जनकपुरमा सम्पन्न तेस्रो महाधिवेशनबाट २४ बर्षको उमेरमा जननायक बीपी कोइरालाको प्रस्तावमा नेविसंघको केन्द्रीय अध्यक्षमा सर्बसम्मत चयन।
– २०३८ सालमा पंचायती निर्वाचन बहिष्कारको अगुवाई।
– २०४२ सालको सत्याग्रहमा नेतृत्वदायी भूमिका।
– २०४६ सालको जनआन्दोलनमा गिरफ्तार।
– २०५१ सालको मध्यावधि निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित।
– ४० बर्षको उमेरमा २०५२ सालमा मन्त्री, सामान्य प्रशासन मन्त्री।
– २०५७सालमा पोखरामा सम्पन्न नेपाली काँग्रेसको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित।
– २०५९ सालमा शिक्षामन्त्री।
– २०५९ सालमा आन्तरिक द्धन्दका कारण बिभाजित भई शेरबहादुर देउवाको नेतृत्वमा गठित नेपाली काँग्रेस प्रजातान्त्रिकको महामन्त्री।
– २०६२ ६३ को आन्दोलनमा गिरफ्तार।
– २०६३ सालमा नेपाली काँग्रेस र नेपाली नेपाली काँग्रेस प्रजातान्त्रिकबीचको एकीकरण महाधिवेशनबाट महामन्त्रीमा निर्बाचित।
– २०६४ र विसं २०७० सालको संविधानसभा निर्वाचनमा धनुषा जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित।
– २०७० सालमा भौतिक पूर्बाधार तथा यातायातमन्त्री।
– २०७२ मा सम्पन्न नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित।
– २०७३ सालमा नेपाली काँग्रेसको तर्फबाट नेतृत्व गर्दै उपप्रधान तथा गृहमन्त्री।
– २०७५ सालमा नेपाली काँग्रेसको उपसभापतिमा मनोनित।
– २०७५ सालदेखि नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख।
– प्रजातान्त्रिक आन्दोलनका क्रममा जलेश्वर, मलंगवा, सिन्धुलीगढी, रामेछाप, केन्द्रीय कारागार र नख्खु कारागारमा गरी बिभिन्न कालखण्डमा ७ बर्ष जेलजीवन।
विदेश भ्रमणः द्धन्द व्यबस्थापन, संघीयता, संविधान निर्माण, विकास प्रकृयाको तुलनात्मक अध्ययनका लागि स्विट्जरल्याण्ड, बेलायत, अमेरिका, जर्मनी, फ्रान्स, स्वीडेन, डेनमार्क, इटली, पोर्चुगल, थाइल्याण्ड, श्रीलंका, जापान, भारत, चीन, भूटान, तान्जानियासहित अन्य अफ्रिकी देशहरूको भ्रमण।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top