सर्वोच्चमा मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने निर्णय

९ मंसिर, काठमाडौं ।

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोकिने भएकाे छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेक सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण (फुल कोर्ट) बैठकले मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

अघिल्लो बिहीबारको फुल कोर्ट बैठकले गोलाप्रथाबाट पेसी तोक्ने गरी सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो। संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.