नेपाली सेनालाई भारतीय सेनाले दियाे पाँचवटा ट्रक उपहार

९ मंसिर, काठमाडौं।

भारतीय सेनाले नेपाली सेनालाई पाँच वटा ‘वर्कशप ट्रक’ हस्तान्तरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा भारतीय सेनाले उपहारस्वरुप उक्त एलपीटीए वर्कशप ट्रकहरु नेपाली सेनालाई दिएको हो।

नेपालस्थित भारतीय दूतावासका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टलाई ट्रकहरु हस्तान्तरण गरेका हुन्। ट्रकहरु कम्प्याक्ट मोबाइल वर्कशपको रुपमा प्रयोग गर्न सकिन्छ।

रक्षा सहकार्यअन्तर्गत उपलब्ध गराइने सैन्य सामाग्रीले भारतीय सेना र नेपाली सेनाबीचको बलियो सम्बन्ध रहेको पुष्टि गर्ने भारतीय दूतावासले जनाएको छ।

आफ्नो संगठनलाई अझ सशक्त र आधुनिक बनाउन नेपाली सेनाले गरेको प्रयासलाइ भारतीय सेनाले निरन्तर सहयोग गर्ने दूतावासले जनाएकाे छ। २०७५ मंसिर २८ गते नेपाल-भारत द्विपक्षीय परामर्श समूहको बैठकमा भएको सहमतिअनुसार भारतीय सेनाले उपहार स्वरुप वर्कशप ट्रक उपलब्ध गराएको नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top