घरघरमा खानेपानी आउँदा स्थानीयवासी खुसी

९ मंसिर ७८, शुक्रबार

९ मंसिर, जुम्ला ।

जुम्लाको तिला गाउँपालिका–६ स्थित विकट बस्ती सुडिगाउँमा घरघरमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ। सो गाउँ अहिलेसम्म राष्ट्रिय सडक सञ्जालबाट जोडिएको छैन ।

यो क्षेत्रका नागरिकले दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री पिठ्युँमा र खच्चरबाटै बोकेर लैजाने गर्छन्। स्थानीयवासीले उत्पादित वस्तु पनि पिठ्युँमै बोकेर गाउँपालिकाको व्यापारी केन्द्र रारासेरी बजारमा बिक्रीका लागि लैजाने गर्छन्। विकट ठाउँ भएपनि अहिले घरघरमा खानेपानीका धारा पुगेको स्थानीयवासी गोरीकला रावतले बताइन् ।

प्रत्येक घरधुरीमा धारा जडान भएपछि खानेपानीको सुविधा पुगेको स्थानीयवासी बताउँछन्। अनुकूलन कोषको आर्थिक सहयोग, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र पेस नेपाल जुम्लाले प्रत्येक घरमा खानेपानी धारा जडान गरेको पेस नेपाल जुम्लाका सव इञ्जिनीयर हर्कबहादुर रावतले बताए ।

कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम क्याप्स कर्णाली परियोजनाअन्तर्गत खानेपानी धारा जडान गरिएको पेस नेपाल जुम्लाले जनाएको छ। प्रत्येक घरधुरीका ‘क’ र ‘ख’ वर्गले ७९ दिन काम गरेर खानेपानी आयोजना निर्माण भएको सवइञ्जिनीयर रावतले बताए ।

खानेपानी आयोजना निर्माण गरेबापत ‘क’ र ‘ख’ वर्गका प्रत्येक घरधुरीले रु ५७ हजार ६३२ प्राप्त गरेका छन्। आयोजनाबाट ९७ घरधुरीका नागरिकले ७९ दिन रोजगार पाउनुका साथै घरमै खानेपानीको सुविधा प्राप्त गरेका छन्। आयोजना सम्पन्न गर्न रु ८४ लाख ८५ हजार ५१७ खर्च भएको पेस नेपाल जुम्लाले जनाएको छ । रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top