एमाले ‘हाइटेक’ महाधिवेशन आजबाट

९ मंसिर ७८, शुक्रबार

नारायणगढ : नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको भव्य तयारी सकिएको छ । शुक्रबार (आज)बाट चितवनको नारायणगढमा महाधिवेशन सुरु हुँदै छ । नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुनेछ भने पर्यटकीय नगर सौरहामा बन्दसत्र हुनेछ ।

एमालेले महाधिवेशनलाई ‘हाइटेक’ प्रविधिमार्फत थप भव्य बनाइएको जनाएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम तय गरिएको एमालेका सचिव एवं प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

१० देखि १२ मंसिर गरी तीन दिनसम्म हुने सो महाधिवेशनमा देशभरबाट नेता कार्यकर्ता जम्मा हुने क्रम जारी छ । सो महाधिवेशनमा सहभागी हुन र अवलोकन गर्न देशभरबाट झन्डै ५ लाख नेता÷कार्यकर्ता शुक्रबारसम्म चितवन आइपुग्ने नेकपा एमालेले जानकारी दिएको छ । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश नेताहरू बिहीबार नै चितवन आइपुगेका छन् ।

Advertisement

बन्दसत्रमा २ हजार १ सय ७५ प्रतिनिधि सहभागी हँुदै छन् । कार्यक्रमको उद्घाटन हुने नारायणी नदी किनारमा मञ्चसहितका सबै संरचना तयार भएका छन् । ५० ठाउँमा स्वागत गेट र २५ ठाउँमा ‘सेल्फी प्वाइन्ट’ बनाइएको छ । चितवनका प्रत्येक घरमा निमन्त्रणापत्र पठाइएको एमालेले जनाएको छ । नारायणी नदीको नरायणढगढतर्फको किनारामा मात्रै सहभागी नअट्ने भएकाले नवलपरासीको गैंडाकोटतर्फको किनारामा पनि बस्ने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचनको कार्यतालिकासमेत सार्वजनिक गरिएको छ । एमालेले महाधिवेशनमा प्यानल बनाए कारबाही गर्ने बताउँदै पर्चापम्प्लेटमा भने बन्देज लगाएको छ । मतदानका लागि १ सयवटा विद्युतीय मतदान मेसिन प्रयोग गरिने भएको छ । सुरक्षाका लागि प्रशासनले १५ सय सुरक्षाकर्मी परिचालन गर्दै छ । नारायणगढ बजार क्षेत्रमा मालवाहक सवारीसाधन आवतजावतमा रोक लगाइए पनि आत्यावश्यक सवारीसाधन चल्न पाउने व्यवस्था गरिएको छ ।,राजधानी दैनिक

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top