एमालेमा सर्वसम्मत असम्भव: ओलीको समूहमा पर्न नेताहरूको लबिङ

९ मंसिर ७८, शुक्रबार

दसौँ महाधिवेशन स्थल चितवन आइपुगेका एमाले प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। आकांक्षीहरूले प्रदेश–प्रदेशका प्रतिनिधिमाझ केन्द्रीय सदस्यका लागि लबिङ गरिरहेका छन्।

पदाधिकारीमा सर्वसम्मत गराउन प्रयास भइरहे पनि केन्द्रीय सदस्यमा भने त्यो प्रयास सफल नहुने देखिएको छ। महाधिवेशनले दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। केन्द्रीय सदस्यमा दोब्बरभन्दा बढी प्रतिनिधि आकांक्षी देखिएका छन्। आकांक्षी बढी भएपछि एमालेले निर्वाचनको तयारी पनि गरेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आकांक्षीको संख्या धेरै छ। आकांक्षीहरूले खुला उम्मेदवारी घोषणा नगरे पनि भित्रभित्रै लबिङ गरिरहेका छन्। यही अवस्था देखेर निर्वाचनका लागि भोटिङ मेसिनमा प्राविधिक पक्ष मिलाउने काम पनि भइरहेको तामाङले बताए। अहिलेसम्म उम्मेदवार हुने सबैको नाम र फोटो राख्ने व्यवस्था गरिएको छ। पदाधिकारीमा सर्वसम्मत हुन सक्ने नदेखेपछि प्रतिनिधिहरूको आकर्षण केन्द्रीय सदस्यतर्फ बढेको हो।

प्रतिनिधिहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन भित्रभित्रै लबिङ तीव्र पारेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा निर्वाचन भए चिट वितरण हुने भनेपछि नेताहरूले उनको सूचीमा पर्न कसरत गरिरहेका छन्। ‘आकांक्षी धेरैजसो नेताले पार्टी अध्यक्ष र उहाँको समूहमा पर्न लबिङ गरिरहेका छन्’,एमालेका एक नेताले भने।

काठमाडौंमा केही दिनदेखि अध्यक्ष ओलीनिवास र पार्टी केन्द्रीय कार्यालय थापाथलीमा नेताहरूलाई भेटेर आकांक्षीहरूले आन्तरिक लबिङ जारी राखेका थिए। चितवन आएपछि पनि उनीहरूले लबिङ जारी राख्दै ओली निकट नेताहरूसँग छलफल गरिरहेका छन्।

महाधिवेशन शुक्रबारदेखि आइतबारसम्म चल्नेछ। महाधिवेशनमा भूगोल र विभिन्न क्लस्टरबाट आएका प्रतिनिधिहरूले केन्द्रीय सदस्यको आकांक्षा राखेका छन्। एमालेमा अहिले एक सय ९६ सदस्यीय केन्द्रीय कमिटी छ।

संशोधित विधानअनुसार महाधिवेशनबाट दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ। यसमा १५ जना पदाधिकारी पनि पर्छन्। हालको केन्द्रीय कमिटीमा रहेका मध्ये तीन दर्जनजति नेता पदाधिकारीका आकांक्षी छन्।अनुहार दसौं महाधिवेशनमा पनि उम्मेदवार बन्ने सम्भावना छ। यो समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top