मलेसियालाई ६ विकेटले हराउँदै नेपाल शीर्षस्थानमा

१० मंसिर, काठमाडौं ।

आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई ६ विकेटले हराउँदै शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार आइसिसी एकेडेमी दुबईमा जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

यो जितसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष हुने टि२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालकाे जितमा सीता रानामगरले ३७ बलमा ३ चौकासहित सर्वाधिक ३० रनमा रन आउट भइन् । कप्तान रुविना क्षेत्री बेलबासे २९ बलमा २० रनमा रन आउट भइन् । नेपालले ओपनर इन्दु बर्मालाई ४ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि सीता र रुविनाले ४८ रनको साझेदारी गरेका थिए । कविता जोशी १६ बलमा १० रन बनाउँदै रन आउट भइन् । सरिता मगर १८ बलमा १५ रनमा अविजित रहिन् ।

Advertisement

त्यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । मलेसियाकी एल्सा हन्टर ४८ बलमा ४ चौका सहित सर्वाधिक ३९ रन जोडेकी थिइन् । पहिलो ओभरको पाँचौं बलमा तीव्र गतिकी बलर कविता कुँवरले ओपनर तथा कप्तान विनीफ्रेड दुरासिङ्मालाई शून्यमा एलबीडब्लू आउट भएकी थिइन् । दोस्रो ओभरको अन्तिम बलमा वान जुलिया १ रनमा रन आउट भइन् ।

युस्रिाना याकोपलाई आठौं ओभरको अन्तिम बलमा सबनम राईले १२ रनमा बोल्ड आउट गरिन् । मास एलिसालाई १५ औं ओभरमा रुविना क्षेत्रीले १४ रनमा बोल्ड आउट गरिन् । सीता रानामगरले १६ औं ओभरको पाँचौं बलमा महिरा इस्लामलाई २ रनमा बोल्ड आउट गरिन् ।
नुर अरिन्ना ६ रनमा अविजित छन् ।

Advertisement

नेपालकी सबनम राईले ४ ओभरमा १ मेडन सहित २७ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १ मेडन सहित ९ रन खर्चेर १ विकेट लिइन् । सीता रानामगर र रुविना क्षेत्रीले १-१ विकेट लिए ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेट र तेस्रो खेलमा कुवेतलाई ९ विकेटले हराएको थियो । नेपालले अन्तिम खेलमा आइतबार युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल शीर्षस्थानमा रहँदै ग्लोबल क्वालिफायर खेल्ने समीकरण छ । नेपाल विजयी भएको खण्डमा नेटरनरेटमा निर्भर रहनेछ ।

नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्षस्थानमा छ । युएई ३ खेलमा ३ मानै जितका साथ ६ अंक भएपनि नेटरनरेटको आधारमा दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट २.०८८ र युएईको १.४६७ छ । युएईले आज कुवेतसँग खेल्दैछ ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top