एमाले महाधिवेशन : एकताबद्ध भएर नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष ओलीको घोषणा

१० मंसिर, काठमाडौं ।

Advertisement

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् ।

महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि र विदेशका विभिन्न पार्टीका प्रतिनिधिले शुभकामना दिएका छन् ।

Advertisement

महाधिवेशन उदघाटन कार्यक्रममा अध्यक्ष ओलीले एकताबद्ध भएर नयाँ नेतृत्व चयन गर्ने बताए । उनले भने, ‘जसरी भव्यरुपमा महाधिवेशन उदघाटन भएको छ । भोलि बन्द सत्र हुन्छ, पर्सी एकताबद्ध भएर नयाँ नेतृत्व चयन गर्छौं ।’

अध्यक्ष ओलीले एमालेलाई नभई देशको विकास गर्न बहुमत आवश्यक रहेको बताए। ‘एमालेलाई होइन, देश विकास गर्न बहुमत दिनुस्,’ उनले भने ‘एमाले देश र लोकतन्त्र संस्थागत गर्न आवश्यक छ ।’

Advertisement

ओलीले जनादेशबाट प्राप्त अधिकारको रक्षाका लागि पनि एमाले चाहिने दाबी गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top