NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

एमाले महाधिवेशन उद्घाटनमा पुगेका नेताहरुले ओलीलाई के–के भने ?

शुक्रबार मंसिर १० , २०७८
Reading Time: 1 min read
A A
एमाले महाधिवेशन उद्घाटनमा पुगेका नेताहरुले ओलीलाई के–के भने ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१० मंसिर, काठमाडाैँ ।

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । एमालेको निम्तोलाई स्वीकारेर राष्ट्रिय राजनीतिका सत्तारुढ दलहरुसंगै विभिन्न दलका नेताहरु तथा ८ वटा विदेशी दलका १५ जना नेताहरु चितवन पुगे । एमाले महाधिवेशनको उद्घाटन समारोहका पाहुना बनेर त्यहाँ पुगेका नेताहरुले महाधिवेशन सफलतापूर्वक सम्मन्न गर्न र एमालेको सुखद भविष्यको कामना गर्दै शुभकामना सहित सुझाव पनि दिए ।

महाधिवेशन उद्घाटन समारोहको प्रमुख अथिति बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनका लागि शुभकामना दिदैं एमालेलाई जिम्मेवार पार्टी बन्न आग्रह गरे । देउवाले नयाँ संविधानमार्फत लोकतन्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्न जिम्मेवार राजनीतिक दलको रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गरे । यस्तै प्रधानमन्त्री देउवाले राजनीतिक दलहरूबीचमा रहेका नीतिगत विमतीलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउनुपर्ने बताए । त्यसका लागि सरकार र कांग्रेस प्रतिबद्ध रहेको बताए । नेपालको लोकतान्त्रिक आन्दोलन वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर बनेको देउवाले स्मरण गराए । उनले आफू, ओलीलगायतका नेताहरु संगै विगतमा आन्दोलनको नेतृत्व गर्दा जेल बसेको पनि सो क्रममा स्मरण गरे । जनताले विगतमा जस्तो दुःख भोग्न नपरोस् भनेर सबै राजनीतिक दलहरू अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाको आह्वान गरे ।

Advertisement

देउवाले एमालेलाई महाधिवेशनको शुभकामना दिँदैगर्दा एमाले कार्यकर्ताहरुले होहल्ला गरेका थिए। देउवाले बोलिरहँदा एमाले कार्यकर्ताहरुले ’केपी बा, ह्वी लभ यु’ भन्दै नारा लगाएका थिए। नारा बीच देउवाले सम्बोधन गर्दै गर्दा एमाले कार्यकर्ताहरुले ’आज होइन भोलिलाई दश वर्ष ओलीलाई’ भन्दै चर्को नाराबाजी समेत गरेका थिए ।

यसैगरी निम्तो दिएर पनि नगएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिनिधीको रुपमा एमाले महाधिवेशनस्थल पुगेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले समाजवादी समाज निर्माणका लागि कम्युनिस्ट पार्टीहरूको एकता आवश्यक रहेको बताए । कसैको एक्लो यात्राले मात्रै नेपालको राष्ट्रिय स्वाधीनता र जनताको आकांक्षाअनुसारको विकास र समृद्धि हासिल गर्न कठिन रहेकाले समाजवादको परिकल्पना निकै दूरको कुरा भएको उनले बताएका छन् । यद्यपी आफूहरु ‘माऊ खाने माकुरा’ बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न बने नचाहेको पनि उनले सुनाए । उनले समाजवादी समाजकै लागि कम्युनिस्ट पार्टीहरूको ध्रुवीकरण आवश्यक रहेको बताए । उनले महाधिवेशनले त्यो दिशातर्फ लैजान सक्ने नेतृत्व चयनमा भूमिका खेल्न शुभकामना दिए । पोखरेलले दलहरुबीचको धुब्रिकरण र अन्तरविरोध लामो समयसम्म नरहने पनि बताए ।

यसैगरि संक्षिप्त सम्बोधन गरेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई शुभकामना दिने क्रममा नेपालको जनआन्दोन र मधेश जनविद्रोहका उपलब्धिलाई जालझेल, षड्यन्त्र, छलछामको अँध्यारोबाट निकालेर जनताको बीचमा लगि जीवन्त लुल्याउने समय खेर गइरहेको बताए । उनले संघीय लोकतन्त्रात्मक व्यवस्थालाई संस्थागत रूपमा सुदृढ तुल्याउन यथेस्ट समय दिन सकोस् भन्दै एमालेलाई शुभकामना दिए ।

उद्घाटन सत्रमा नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भने मधेसका माग पूरा गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिका प्रशंसा गरेका छन् । ठाकुरले ओलीको प्रधानमन्त्रीत्वकालमा आफूहरुले उठाएका संविधान संशोधन, राजबन्दी रिहा लगायत केही माग पूरा भएको र केही माग अझै पूरा हुन बाँकी रहेको पनि बताए ।मधेसका माग पूरा गर्ने सन्दर्भमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आश्वासन दिएको भन्दै उनले बाँकी माग पूरा गर्न ध्यानाकर्षण गराए । माग पूरा नभएमा २० लाख मानिस उतार्ने चेतावनीसमेत उनले दिए । उनले बन्दी रिहा र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।

शुभकामना दिन पाहुना बनेर पुगेका राप्रपा अध्यक्ष कमल थापाले भने ओलीको खुलेर प्रशंसा गरे । पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु र लिम्पियाधुरासहितको चुच्चे नक्सालाई संविधानको अंग बनाउने काम गरेर अविस्मरणीय काम गरेको भन्दै उनले ओली र एमालेलाई धन्यवाद दिए । यस्तै उनले २०६३ सालको राजनीतिक परिवर्तनबारे एमालेले समीक्षा गर्नुपर्ने सुझाव पनि दिए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु आपसमा मिल्न नसक्दा मुलुकमा बाह्य शक्तिले खेलिरहेको बताए ।केसीले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा भएको विसङ्गतिको जिम्मा राजनीतिक पार्टीहरूले लिनुपर्ने पनि बताए । उनले एमाले महाधिवेशनले राष्ट्रियता, देश र जनताको स्वार्थको लागि उपलब्धी मूलक होस भन्ने कामना गरे । उनले वाम एकताको अपरिहार्यतामा जोड दिए ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु तथा अन्य दलका नेताहरुले एमालेलाई शुभकामनासहित सुझाव दिइरहँदा कार्यक्रमकै दौरान आठ मिनेट लामो एउटा डकुमेन्ट्री देखाइएको थियो । जसमा सर्वसम्मत आगामी ५ वर्षका लागि अध्यक्ष हुने दौडमा रहेका ओलीलाई केन्द्रमा राखिएको थियो । उक्त डकुमेन्ट्रीमा ओलीको पहिलो कार्यकालको सरकारका पालामा भारतले गरेको नाकाबन्दी सामना गरेकादेखि चीनसँग गरिएका पारवाहन सम्झौताको चर्चा गरिएको छ। ओलीको नेतृत्वमा दुई कार्यकालका सरकारले गरेका कामको संक्षेपिकरण गर्दै त्याहा वर्णन गरिएको छ। आधा समय ओलीको काम भन्दै चर्चा गरिएको डकुमेन्ट्रीमा आधा समय देशका लागि एमालेको विकल्प नभएको पुष्टि गर्दै एमालेलाई जनताको पहरेदारका रुपमा उभ्याउन खोजिएको छ।

यो डकुमेन्ट्र पछि मंचमा आएका एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा आएका प्रधानमन्त्रीसहित सबै देशीविदेशी पाहुनाहरुलाई धन्यवाद दिए । त्यसपछि उनले एमालेको आवश्यकता, औचित्वबारे केही बेर खर्चिए । आफ्नो सरकारले गरेका कामहरुको लामै फेहरिस्त पनि उनले सुनाए । सम्बोधनका क्रममा ओलीले आगामी निर्वाचनहरूमा बहुमत ल्याउनका लागि तयारी गर्न नेता र कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । संसद् पुनःस्थापना गरेर सरकारबाट गलत ढंगबाट बाहिरिनु परेको भन्दै त्यसलाई सच्याउनका लागि बहुमत ल्याउनुपर्ने ओलीको भनाइ थियो । ओली प्रधानमन्त्री हुँदा २०७७ पुस ५ र २०७८ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । दुवै पटक सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो । ओलीले त्यो पुनःस्थापना गलत भएको बताएका हुन् । चुनावी प्रचारका रुपमा ओलीले आफूले गरेका र भोलि गर्ने काम भन्न भ्याए । उनले प्रचण्डका लागि पनि केही प्रश्न छोड्दै पूर्व लडाकुको व्यवस्थापनमा लाग्ने बताए ।

मन्चमै उपस्थित भएका प्रधानमन्त्रीलाई सम्बोधन गर्दै अबको निर्वाचनपछि एमालेले सरकार चलाउने दावी गरे । कसैको पनि आलोचनाका लागि समय नखर्चिएका ओलीले कांग्रेसको समर्थन गरेजसरी सरकारमा रहेर कांग्रेसले काम गर्न खोेजेपनि खुट्टा समाउन पुगेका केही दलका कारण काम गर्न नसकेको हो कि भन्ने प्रश्न गरे । भारतीय सत्तारुढ तथा कम्युनिष्ट पार्टीका नेताहरु पनि सहभागि भएको उद्घाटन कार्यक्रमा ओलीले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै रहेको र त्यो फिर्ताका लागि संवाद आवस्यक रहेको पनि बताएका थिए । गुमेका भूमि फिर्ता नलिएसम्म हामीलाई दबिएको, हेपिएको भन्ने अनुभूति भइरहने पनि उनले बताए । यसअघि पहिलो स्वागत सम्बोधनका क्रममा देखिएका रामबहादुर थापा बादलले अहिलेको सरकार परमादेशबाट बनेको उल्लेख गरेका थिए । नेता बादलले पाहुना बनेर पुगेका प्रधानमन्त्री देउवाकै सामुन्ने देश, संसद अस्तव्यस्त भएको र न्याय व्यवस्थालाई सेटिङबाट भताभुङ्ग पारिएको बताए।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.