×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

१०० शय्या नहुने शिक्षण संस्थालाई नर्सिङ्ग अध्ययन अनुमति दिन सकिँदैन : मन्त्री पौडेल

११ मंसिर २०७८

११ मंसिर, काठमाडाैँ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नै १०० शय्याको अस्पताल नहुने शिक्षण संस्थालाई नर्सिङ्ग अध्ययनको अनुमति दिन नसकिने बताएका छन् । नेपाल मजदुर किसान पार्टीबाट निर्वाचन प्रतिनिधिसभाका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार मन्त्री पौडेललाई भेट गरी ज्ञापनपत्र बुझाउने क्रममा उनले यस्तो बताएका हुन् ।

Advertisement
Advertisement

मन्त्री पौडेलको निर्देशनपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट यहीँ मङ्सिर ८ गते प्रकाशित ‘स्टाफ नर्स’ को भर्ना आवेदन फाराम भर्ने सूचनामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नाम नभएको भन्दै संस्थालाई पनि आवेदन भर्न अनुमति दिन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐनमा आफ्नै १०० शय्याको अस्पताल हुने शिक्षण संस्थाले मात्रै नर्सिङको पठनपाठन गर्न पाउने व्यवस्था गरेकाले मन्त्रालयले यस्तो निर्णय गर्नुपरेको बताए । उनले नगरपालिकाको माग जायज भए पनि ऐनको प्रावधानले गर्दा अप्ठ्यारो भएको बताए ।

शिक्षा मन्त्री पौडेलसँगको भेटमा सांसद सुवालले भक्तपुर नगरपालिकाले सर्वसाधारण जनताको आधारभूत स्वास्थ्यसम्बन्धी आवश्यकतालाई मध्यनजर गर्दै प्रत्येक वर्ग र तप्कासम्म गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यका साथ २०३० सालदेखि जनस्वास्थ्य सेवा केन्द्रमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै गत वैशाख १७ गतेदेखि ख्वप अस्पताल सञ्चालन गरेको जानकारी गराएका थिए ।

सांसद सुवालले स्थानीय तहले सञ्चालन गरेका कलेजलाई निजी कलेजको आँखाले नहेर्न आग्रह गर्दै न्यून शुल्कमा जनताको छोराछोरीले नर्सिङ पढ्ने अधिकारबाट बञ्चित नगर्न मन्त्री पौडेलसँग आग्रह गरे । उनले संसद्मा रहेको ख्वप विश्वविद्यालयको विधेयक सदनबाट अगाडि बढाउन पनि माग गरे ।

त्यस क्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक संस्थानअन्तर्गत नर्सिङ अध्ययन गर्ने विद्यार्थीलाई ख्वप अस्पताल, भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, वीर अस्पताल, प्रसूति गृह, कान्ति बाल अस्पताललगायत सरकारी अस्पतालमा विद्यार्थीलाई प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको भन्दै नर्सिङ् पढाउन अनुमति दिन माग गरे ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top