सर्वसम्मतको प्रयास असफल, आज उम्मेदवारी दर्ता

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएको छ । महाधिवेशनबाट आगामी पाँच वर्षका लागि नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास नेताहरूले गरेका थिए ।

तर सर्वसम्मत नेतृत्वको प्रयास अझै जारी नै रहेको नेताहरू बताउँछन् । शनिबार विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । शुक्रबार उद्घाटन सत्र सकेको एमालेले आइतबार मतदानबाट नेतृत्व चयन गर्दै छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको बताए । विद्युतीय मेसिनबाट मतदान गर्ने र सोही दिन मतपरिणाम पनि सार्वजनिक गर्ने उनले बताए । चितवनको नारायणी नदी किनारमा उदघाटन सत्र सकेर सौराहामा बन्द सत्र शनिबारदेखि सुरु हुँदै छ । शुक्रबार राति नै एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक सौराहामै बसेको छ ।

कुन पदमा कसको दाबेदारी

एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

हालै ललितपुरमा सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनले यस्तो व्यवस्थासहितको विधान पारित गरेको हो । तर, शीर्ष नेताहरूलाई व्यवस्थापन गर्न समस्या भएको महाधिवेशनको बन्दसत्रबाट पदाधिकारी संख्या बढाउने’ समेत छलफल हुने दाबी नेताहरूले गरेका छन् । सर्वसम्मतको प्रयास अझै जारी नै रहेको र नेताहरूको व्यवस्थापनका लागि पदाधिकारी संख्या बढाउने विषयमा नेताहरू आन्तरिक गृहकार्यमा जुटेका छन् ।

१५ सदस्यीय पदाधिकारीमा आउन चाहने नेताहरूको संख्या बढेसँगै नेतृत्वलाई मिलाउन कठिन भएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवका आकांक्षी बढेका छन् ।

एमाले अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष डा. भीम रावलले उम्मेदवारी दिँदै छन् । वरिष्ठ उपाध्यक्षका लागि ओली समूहबाट महासचिव ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ आकांक्षी देखिएका छन् । पूर्वमाओवादीबाट एमाले भएका स्थायी कमिटीका सदस्य रामबहादुर थापा बादल पनि वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिँदै छन् ।

यस्तै, अहिलेका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीले उपाध्यक्षमै उम्मेदवारी दर्ता गराउनेछन् । उपमहासचिव रहेका घनश्याम भुसालले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउने घोषणा गरेका छन् ।

ओली समूहका नेताहरू लालबाबु पण्डित, किरण गुरुङसहित पूर्वमाओवादीबाट एमाले भएका टोपबहादुर रायमाझी र १० बुँदे सहमति पक्षधरका नेता रघुजी पन्तलगायतकाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउँदै छन् ।

एमालेमा अध्यक्षपछिको दोस्रो कार्यकारिणी र महत्वपूर्ण पद ‘महासचिव’ हो । बहुपदीय प्रणालीमा जानुभन्दा अघि एमालेभित्र महासचिव नै पहिलो पदीय मर्यादाको पद थियो । त्यसकारण पनि महासचिव महत्वपूर्ण जिम्मेवारी हो । महासचिव हुनेले अर्को महाधिवेशनमा स्वतः अध्यक्षका दाबेदार पनि हुन्छन् ।

महासचिवका लागि विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराउँदै छन् । एमाले स्रोतका अनुसार सचिव प्रदीप ज्ञवाली र गुरुङले उपमहासचिवमा उम्मेदवारी दिने तयारी छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top